1100×100 Nabil Advert

हरायो १० लाख रुपैयाँ बराबरको नमस्तेको रिचार्ज कार्ड

काठमाडौं । ढुवानी गर्ने क्रममा १० लाख रुपैयाँ बराबरको नमस्तेको रिचार्ज कार्ड हराएको छ । नेपाल टेलिकमले बुधबार एक सूचना जारी गर्दै ५० रुपैयाँका दरको २० हजार थान रिचार्ज कार्ड ढुवानीका क्रममा हराएको जानकारी दिएको हो ।

टेलिकमले जारी गरेको सूचनामा लेखिएको छ, ‘यस कम्पनीको रु ५० दरको सि.नं. ११२२१२००१२७८०००१ देखि ११२२१२००१३८०००० सम्मका ‘नमस्ते’ ब्रान्डको रिचार्ज कार्ड ढुवानीको क्रममा हराएको हुँदा उक्त सिरियल नं. भएका रिचार्ज कार्डहरू खरिद तथा बिक्री वितरण नगर्नुहुन सम्पूर्ण ग्राहक तथा वितरकहरूमा अनुरोध गरिन्छ ।’ यदि कतै भेटिएमा नजिकैको दूरसञ्चार कार्यालयमा बुझाइदिन टेलिकमको अनुरोध छ ।

 

प्रकाशित समय १४:५३ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु