पत्रकार कुट्ने जिल्ला संयोजकलाई पुनर्बहाली गर्ने रास्वपाको निर्णय
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्र्टी रास्वपाले, पत्रकार कुटेको आरोप लागेपछि निलम्बित भएका बझाङ संयोजक नगेन्द्र खड्कालाई पुनर्बहाली गरेको छ । बिहीबार साँझ सम्पन्न केन्द्रीय समिति बैठकले खड्कालाई पार्टीमा पुनर्बहाली गर्ने निर्णय गरेको महामन्त्री मुकुल ढकालले जानकारी दिए ।
निलम्बनपछि पार्टीको अनुशासन समितिले थप अनुसन्धान गर्दा दोष नदेखिएकाले निलम्बन फुकुवा गरी पुनः र्बहाल गर्ने निर्णय भएको प्रवक्ता मुकुल ढकालले बताए । ‘बझाङ घटनाका सन्दर्भमा जिल्ला संयोजकको दोष नदेखिएकाले निलम्बन फुकुवा गरि पद्मा पुनर्बहाल गर्ने निर्णय भएको छ, उनले भने– ‘त्यस्तै बैठकल केन्द्रीय अनुशासन आयोग नियमावली पारीत गरेको छ । ‘अब केन्द्रिय अनुशासन आयोगलाई पहिला केन्द्रीय अनुशासन तथा आचरण समिति भनिने गरेको थियो । यसको क्षेत्र अधिकार, काम, कर्तव्यलगायतका सबै कुराहरु के–कस्ता हुन्छन् भने सबै नियमावलीमा समेटीएर पारित गरीएको छ ।’
त्यस्तै रुपन्देहीमा आम सर्वसाधारणलाई कुटपिट गर्ने पार्टी सदस्य दामोदर खत्रिलाई तीन महिनाका लागि निलम्बन गरिएको ढकालले जानकारी दिए ।
‘रुपन्देही घट्नाको सन्दर्भमा एकजना सदस्य दामोदर खत्रीले अर्को व्यक्तिलाई आवेगमा आएर कुटपीट गर्नु भएको भन्ने घटना आएको थियो पत्रकारीतामा या समाचारमा एकदमै अस्पताल नै पुग्नु पर्ने गरि कुटपिट गरेको भन्ने आएको थियो यो हाम्रो पार्टीको लागी सह्य भएन त्यसैले उहाँलाई पार्टी सदस्यबाट र कुनै जिम्मेवारीमा नरहने गरी तीन महिनाको लागि निलम्बन गरेका छौं ।’
प्रकाशित समय २२:०२ बजे




















