उद्योग वाणिज्य महासंघ नयाँ नेतृत्वको एकसय दिन : निजि क्षेत्रलाई हेर्ने दृष्टिकोण फेरेको अध्यक्ष ढकालको दाबी
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नयाँ समिति आएसँगै पाँच वटा मुद्दालाई प्राथमिकतासाथ अगाडी बढाएको बताएका छन् । बिहीबार महासंघको नयाँ नेतृत्वको एक सय दिन पूरा भएको अवसरमा आयोजित कार्यक्रममा उनले आर्थिक संकटबाट बाहिर निस्कने आन्तरिक र एफडिआइ ल्याउने वातावरण, राज्य र निजि क्षेत्रको साझेदार विकास, रोजगार सिर्जना गरेर वैदेशिक रोजगारमा जानेलाई तालिम दिने र व्यवसायीलाई हेर्ने मर्यादीत दृष्टिकोणलगायतका पाँच ओटा कुरालाई प्राथमिकतासाथ अगाडि बढाएको बताए ।
उनले भने, ‘नयाँ समिति आएको एकसय दिन पूरा भएको छ । नयाँ समिति आएसँगै पाँच वटा बुँद्दालाई प्राथमिकतासाथ अगाडी बढाएका छौं । पहिलो अहिले देशको आर्थिक समस्यालाई कसरी समाधान गर्ने र लगानिको वातावरण कसरी बनाउँने चाहे एफडिआईबाट आउँने लगानीको कुरा होस् । र अर्को सरकार र नीजि क्षेत्रको साझेदारी कसरी बढाउँने भन्ने रहेको थियो र रोजगारी श्रृर्जना गर्नका लागि जुन एउटा दक्ष जनशक्ति चाहिने हो त्यसलाई राम्रो सीप भएको दक्ष जनशक्ति बनाउँने र बाहिर जाँदा आउने रेमिटेन्स भित्र्याउँन सक्ने राम्रो दक्ष जनशक्ति निर्माण गर्ने थियो ।’
उनले सरकार र निजि क्षेत्रलाई एक ठाउँमा ल्याउन समेत उद्योग वाणिज्य महासंघले ठुलो भूमिका खेलेको उनको जिकिर छ । ‘निजि क्षेत्रलाई हेर्ने एउटा दृष्टिकोण रहेको थियो । मौद्रीक नीति र बजेटको लागि सुझाव दिने र सबैलाई एकठाउँमा ल्याएर साझा एजेण्डा बनाएर अगाडि बढ्यौं । मलाई लाग्छ १०० दिनको एउटा उपलब्धी यो बीचमा हामीले प्रधानमन्त्रीको भारत भ्रमणको बेला हाम्रो काउन्टर पार्ट सी आई आईसँग बिजनेस शुरु ग र्यौं जुन आफैंमा राम्रो थियो ।’
महासंघले मासिक कार्य योजना अनुसार काम गर्दै जाने उनले जानकारी दिए । साथै, महासंघले पहिलो कार्यकारिणी समितिको पहिलो बैठकबाट वर्तमान आर्थिक संकटबाट बाहिर निस्कने, आन्तरिक र एफडिआइ ल्याउने वातावरण, राज्य र निजी क्षेत्रको साझेदार विकास, रोजगार सिर्जना गरेर वैदेशिक रोजगारमा जानेलाई तालिम दिने र व्यवसायीलाई हेर्ने मर्यादित दृष्टिकोणलगायत पाँचवटा कुरालाई प्राथमिकता साथ अगाडि बढाएको उनले बताए ।
प्रकाशित समय २२:१६ बजे




















