1100×100 Nabil Advert

प्राइम बैंकको कामु सिइओमा संजीव मानन्धर

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडमा स्थापनाकालदेखि नै प्रमुख कार्यकारी अधिकृतका रुपमा व्यवस्थापकीय नेतृत्वमा रहनु भएका नारायणदास मानन्धरको कार्यकाल समाप्त भए पछि सञ्चालक समितिको बैठकले संजीव मानन्धरलाई कायममुकायम प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त गरेको छ ।

 

संजीव मानन्धर स्थापनाकालदेखि नै उक्त बैंकमा महाप्रबन्धकका रुपमा कार्यरत हुनुहुन्थ्यो । कायममुकायम प्रमुख कार्यकारी अधिकृत मानन्धरको बैंकिङ क्षेत्रमा २३ वर्ष भन्दा लामो अनुभव छ । तत्कालीन नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडबाट बैंकिङ करियर शुरु गर्नु भएका चार्टर्ड एकाउण्टेण्ट मानन्धरले राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको विदेशी व्यवस्थापनसँग आवद्ध रही कार्य गरिसक्नु भएको छ ।

 

अवकाशप्राप्त नारायणदास मानन्धर विगत १६ वर्षदेखि उक्त बैंकमा प्रमुख कार्यकारी अधिकृत हुनुहुन्थ्यो । विदाई कार्यक्रममा संक्षिप्त मन्तब्य दिंदै अध्यक्ष राजेन्द्रदास श्रेष्ठले प्राइम बैंकलाई नयाँ उँचाईमा पुर्‍ याउन नारायणदास मानन्धरको उल्लेख्य भूमिका रहेको धारणा राख्नुभयो ।

 

प्रकाशित समय २१:४० बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु