1100×100 Nabil Advert

बालेनविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता गर्न सर्वोच्चको आदेश

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । मंगलबार सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले प्रमुख साहविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता गरेर लिखित जवाफ माग्न आदेश गरेको हो ।

बालेनले अदालतको अवहेलना गरेको भन्दै अधिवक्ता वर्षाकुमारी झाले सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन् । उक्त रिटमाथि मंगलबार न्यायाधीश श्रेष्ठको इजलासमा सुनुवाइ भएसँगै लिखित जवाफ मागिएको छ । यसअघि काठमाडौं महानगरपालिकामा हिन्दी फिल्म आदिपुरुषको प्रदर्शनमा मेयर साहले लगाएको प्रतिबन्धविरुद्ध हल सञ्चालकहरूले दिएको निवेदनमा सुनुवाई गर्दै उच्च अदालत पाटनले महानगरको निर्णय कार्यान्वयनमा रोक लगाएको थियो ।

तर, अदालतले रोकेपछि बालेनले आक्रोशित हुँदै राष्ट्रिय स्वाधिनताका लागि अदालतलाई पनि नमान्ने र फिल्म चल्न नदिने भन्दै सामाजिक सञ्जालमा घोषणा गरे । बालेनको उक्त आक्रोशपूर्ण अभिव्यक्तिपछि अदालको अवहेलना भएको भन्दै उनीविरुद्ध रिट परेको थियो ।

प्रकाशित समय ०८:०७ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु