V3-NCD-Screening-month-Advertisment
NIMB Add_1100x110

ब्याजदर एकल विन्दुमा हुनुपर्दछ : सुबोधकुमार गुप्ता, वस्तुगततर्फ केन्द्रीय सदस्यको उम्मेदवार, नेपाल उद्योग वाणिज्य महासंघ (उमेशलाल समूह-भिडियोसहित)

नेपाल उद्योग वाणिज्य महासंघ भनेको देशकै एउटा प्रतिष्ठित निजी क्षेत्रको चाहिं ठूलो संस्था र यो संस्थामा आएर नीजि क्षेत्र उत्थानको लागि खेल्नुपर्ने भूमिकाको लागि हामी प्रतिबद्ध भएर अगाडि बढ्नु पर्छ भन्ने सोच बाट हामी अगाडि बढिराखेका छौं । आज निजी क्षेत्रको जुन साहस छ, त्यो साहसलाई अन्तर्राष्ट्रिय स्तरमा, राष्ट्रिय स्तरमा हामीले देशलाई कसरी अगाडि लिएर जानुपर्दछ ? र त्यसको साथसाथमा अहिले हाम्रो देशमा जुन व्यापार घाटा धेरै ठूलो छ र क्रमिक रुपमा बढ्दो छ । त्यो व्यापार घाटालाई हामीले घटाउनु पर्ने भूमिका छ । त्यसलाई घटाउनु पर्ने, खेल्नुपर्ने रोल के–के हुन सक्छ ? मलाई लाग्छ हामी संम्वेदनशील भएर अगाडि बढ्ने छौं भने जति पनि विजनेशहरु भइरहेका छन् । व्यापार लागत, उद्योग लागत बढी छ, त्यसलाई घटाउनको लागि कुनै प्वाइन्टस्को रुपमा हामी नेपाल सरकारसँग एडभोकेसी के–के गर्न सक्छौं, त्यसमा प्रथम बूँदाको रुपमा हामीले बिजुली युनिट कष्ट र रेगुलर बिजुलीको प्रवाह, त्यो नै नभएर नै हाम्रो ‘विजनेश डुइङ कष्ट’ चाहिं बढेको छ । धेरै वेस्टेजहरु निकाल्न सकिराखेको छ भने त्यसको चाहिं लेबल कष्टहरु चाहिं उच्च भएको छ । यहाँ हामीलाई थाहा छैन कुन बेला लाइन कट्ने, कुन बेला आउने हो । यसले गर्दा लोडसेडिङको निश्चित तालिका विद्युत प्राधिकरणले उपलब्ध गराउनुपर्छ । र त्यो चाहिं हुनु नै हुँदैन भन्ने कुरा हामी इंगित गराउन चाहन्छौं ।

नं. २ मा कहिले पनि इन्ड्रटिज–उद्योग चल्दाखेरि ठूलो पैसा भनेको ऋण भनेको बैंकहरुको हुन्छ । आम जनताको बचतको पैसा भनेको उद्योगी–व्यापारीहरुको हातमा पुगेको हुन्छ । त्यो पैसा करिव–करिव ६० देखि ७० प्रतिशत हुन्छ । त्यो ६०–७० प्रतिशतको जुन व्याज छ, त्यो एकल विन्दूमा हुनुपर्छ । आज पनि देशको, नेपाल सरकारको नियम के छ भने कुनै पनि व्यक्तिले, कुनै पनि संस्थाले एक–अर्काले ऋण प्रवाह गर्दाखेरी १० प्रतिशतभन्दा ऋण नदिने, प्रवाह हुँदाहुँदै आज पनि विभिन्न प्राइभेट सेक्टरका बैंक साथीहरु व्याजदरको त्यो डबल रेटमा भेटिएको छ । १४–१५ ए क्लासको बैंकको छ भने अरु बैंकहरु १८–२० करिव–करिव पुगेको छ । आउने दिनमा कसरी व्यवस्थित गर्ने आउने दिनमा यसलाई कसरी सिङ्गल डिजिटमा झार्ने, जबसम्म यसलाई सिङ्गल डिजिटमा झार्न सक्दैनौं, विजनेश डुइङ कष्टमा घट्नसक्ने सम्भावनाहरु छैन । हाम्रो जति पनि मालहरु र मेटेलियल आयात भइरहेको छ, रेडी प्रोडक्टहरु दरबन्दीहरु धेरै हाई छ । हामीले बारम्बार भनिरहेको छौं रेडी प्रोडक्टहरु र दरबन्दीको बीचमा फरक हुनुपर्दछ । यहाँसम्म हुनुपर्छ कि रअ मेटेरियलको डिउटीचाहिं शून्य हुनुपर्दछ । जहाँसम्म एस्पेयर पार्टस् इम्पोर्ट गर्दाखेरी प्याकेजिङ इम्पोर्ट गर्दाखेरी त्यसको डिउटीजहरु शून्य हुनुपर्दछ ।

कुनै पनि नयाँ इन्भेन्सन्सहरु, नयाँ इन्डष्ट्रिजहरु लागेको छ भने त्यसलाई कमसेकम १० वर्षको लागि ट्याक्स होलिडेजका कुराहरु र उसले एक्सपोर्ट गरेको छ भने इन्सेन्टिभ्सका कुराहरुमा नेपाल सरकारचाहिं खुलेर अगाडि आउनुपर्छ । त्यसपश्चात्मा राष्ट्रिय औद्योगिक क्रान्ति र अन्तर्राष्ट्रिय लगानीहरु आउनसक्ने सम्भावनाहरु हुन सक्छ ।

यो सम्पूर्ण कुराहरुलाई मिलाउनको लागि नेपाल उद्योग वाणिज्य संघमा हामी लागिरहेका छौं । यसको लागि हामीले उम्मेद्वारी दिएका छौं । म के भन्न चाहन्छु भने मेरो नाम सुवोध कुमार गुप्ता । वीरगञ्ज उद्योग वाणिज्य संघमा मैले दुई दशक नीजि क्षेत्रको एडभोकेसी गरेको छु । त्यहाँ तपाईंको केन्द्रीय सदस्य खाएर एकचोटी महासचिव, चार चोटी उपाध्यक्ष, नेपाल दाल–तेल–चामल संघमा एकचोटी महासचिव, अहिले वर्तमान अध्यक्षको रुपमा र मधेश विश्वविद्यालयको सिनेट मेम्वरको रुपमा विभिन्न दर्जनौं यस्तो ठाउँहरु छ, जहाँचाहिं म नेतृत्वदायी भूमिकाहरु खेलिरहेको छु । आउने दिनमा हामीलाई केन्द्रीय सदस्यको रुपमा यहाँ जिताउन सक्नुभयो भने त आउने दिनहरुमा नीजिक्षेत्रको जुन अहिले जुन अवस्था छ, हामीले चाहिं उच्च गर्ने प्रयास गर्छौं । र उच्च मात्र होइन हाम्रो यो जति पनि विजनेश र हाम्रो व्यापारी साथीहरुको समस्या छ, महत्वपूर्ण गरी साना तथा मझौलाहरु उद्योगीहरुको समस्या छ, हामी त्यसमा भनेका छौं । टर्नओभर ट्याक्स लगाऔं साथीहरु । टर्नओभर ट्याक्स भनेको के हो भने पाँच वर्ष विजनेश गर्ने व्यक्तिहरुको ट्याक्स चाहिं फ्ल्याट हुनुपर्दछ । त्यो फ्ल्याट ट्याक्सलाई चाहिं दिदा कुनै पनि खातापाता नराख्ने व्यवस्थातिर हामी अगाडि बढ्नुपर्दछ । ती साना तथा मझौला विजनेशहरुलाई अझ जोश बढाउँछ होला जस्तो भइरहोको छ ।
त्यसकारण साना, मझौला उद्योगीहरुको विजनेशलाई अगाडि बढाउनको लागि हामीले खेल्नुपर्ने भूमिकालाई हामीले सपोर्ट गर्नुपर्दछ ।

यो महासंघ भनेको एउटा साना उद्योगीदेखि लिएर, मध्यम स्तरीय उद्योगी व्यापारीदेखि लिएर उच्चस्तरीय सम्पूर्ण साथीहरु मिलेर यसको कुराहरु चाहिं अगाडि बढाउनुपर्छ भन्ने कुरा म इण्डिकेट गर्न चाहन्छु । साथीहरु मैले यस वर्ष यो कार्यकाल पनि बिताएको छु । यस कार्यकालमा पनि वीरगञ्ज वाणिज्य वाणिज्य संघको अध्यक्ष, नेपाल दाल–तेल–चामल संघको अध्यक्ष हुँदा पनि मैले विभिन्न कार्यहरु गरेको छु । हामीले नारायणीमा चाहिं आइसीयुको निर्माण गरेको थियौं ३५ लाखको लागतमा । त्यस्तै पोखरीयामा चाहिं अप्रेशन थिएटरदेखि लिएर आसीयुको निर्माण गर्‍यौं करिव ३५ देखि ४० लाखको हाराहारीमा । वीरगञ्ज उद्योग वाणिज्य संघको पूरा टोली चाहिं सिंगापुर र भियतनामको भ्रमणमात्र गरेन, त्यहाँको छाता संगठन सिंगापुर कर्मसियल इन्ड्रटिज तथा चेम्बरहरुसँग पनि एमओयु गरेको छ । र यो एमओयु गरेर आउने दिनमा अन्तर्राष्ट्रिय सम्बन्ध बढाउने पनि हामी काम गर्ने भन्ने कुरा राख्न चाहन्छु र पुनः आज हामी अनुरोध गर्न चाहन्छौं सम्पूर्ण निजी क्षेत्रका साथीहरुलाई हाम्रो सम्पूर्ण टिमलाई हाम्रो हेमराज सर, भरत आचार्य सर, दिनेशलाल सर र हाम्रो सम्पूर्ण टिमलाई अत्यधिक मत दिएर जिताउन म हार्दिक हार्दिक अनुरोेध गर्न चाहन्छु ।

प्रकाशित समय ०९:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Prabhu_Bank20240424-WA0010