निजी क्षेत्रलाई नलिइकन आर्थिक समृद्धि सम्भवै छैन : लिलेन्द्रप्रसाद प्रधान (भिडियोसहित)

हामी व्यवसायी उद्यमी भएपछि त्यसलाई प्रतिबद्धता र उनका परेका नीतिगत कुराहरु सामाजिक कुराहरु, आर्थिक कुराहरुलाई कसरी हामीले कसरी अगाडि बढाउन सकिन्छ र सुल्झाउन सकिन्छ ? हामीले जुन संस्थामा अध्यक्षको हैसियतले लामो समय कार्य गर्यौं, त्यसको अनुभव र ती कुराहरुलाई जुन उहाँहरुका समस्याहरुलाई समाधान गर्न सकिन्छ भन्ने हेतुले म उमेशलाल सर र हेमराज सरको समूहबाट उम्मेदवारी दिइरहेको छु ।
आर्थिक समस्या मैले दुई वटा पाटामा राखेको छु । एउटा अन्तर्राष्ट्रिय, अर्को आन्तरिक । अन्तर्राष्ट्रिय समस्यालाई सुल्झाउन नसके पनि हामीले आन्तरिक सुल्झाउन सक्नुपर्ने हो अहिले नसुल्झनुको कारण पछाडि छ । नेपाल सरकारको या राज्यको पहिला आर्थिक सल्लाहकार या आर्थिक सल्लाहकार दाताहरु दुई वटा हुन्थे । एउटा सेन्ट्रल बैंक अर्को उद्योग वाणिज्य संघ जो चाहिं नीजि क्षेत्रको एकमात्र छाता संगठन । उहाँहरुले दिएका सुझावहरुलाई व्यवहारिक रुपले, सैद्धान्तिक रुपले सन्तुलन नगरेको कारणले आज समस्या उत्पन्न भएको हो । समस्या हाम्रो मात्र होइन तर यसले केही न केही न्यूनीकरण गर्न सकिन्छ । हाम्रा नेताहरुले हाम्रा अग्रजहरुले उठाइरहेका छन् । त्यही पनि के भइरहेको छ भने के त राजनीतिरुपले के भइरहेको छ भने सत्ता प्राप्ति र सत्ता कसरी सञ्चालन गर्ने भन्नेमा मात्रै छ । कसरी हामीले डेलिभरी दिनुपर्छ र कसरी डेलिभरी दिने भन्ने कुरालाई सोचिरहेका छैनौं । अर्को कुरा के छ भने हामीले जहिले पनि समृद्धिको कुरा गर्छौं ।
उन्नति र समृद्धि के छ भनेदेखि नीजि क्षेत्रलाई साथमा नलिइकन कल्पना गरेका राजनीतिक पार्टीले होस् या सरकारले होस् या राज्यले होस् त्यो सम्भव छैन, भन्ने कुरा बुझ्दा–बुझ्दै पनि यो आर्थिक एजेण्डालाई चाहिं के गरिराखेका छौं भन्दाखेरी, कुरा गर्दाखेरी आर्थिक एजेण्डा भनिराखेको छ तर माइक्रो लेवलले यसलाई कुनै पनि राजनीतिक पार्टीहरुले केलाउन सकिरहेको छैन भन्ने हाम्रो समूह र व्यक्तिगत पनि यही धारणा छ ।
मलाई जित्छु भन्ने आधार तीन वटा छ । एउटा आधार म वस्तुगत संघमा लामो समयदेखि कार्यरत छु । एफएनसीसीआईमा नभईकन पनि म विगत २८ वर्षदेखि व्यवसायमा छु । करिव–करिव २५ वर्षसम्म मैले साथीहरुको माझमा मैले उहाँहरुलाई डेलिभरी दिइरहेको छु । उहाँहरुको परेका कुराहरु कामकाज, मेरो गक्ष, दक्ष र मेरो स्वभावले मैले त्यो कार्य गरें र अर्को कुरा म धेरै लामो समयसम्म वस्तुगत अध्यक्ष छु । एउटा लामो समयसम्म यहाँ भोट दिने अवसर पाएको छु । त्यो अवसरको एउटा चिनजान र हामी एउटा ठूलो आफूले आफूलाई ठूलो संगठन त मान्नु भएन तर हाम्रो संगठनको सञ्जाल लामो छ । २५ वटा चाहिं जिल्लाको संगठन छ । र, त्यसैगरी देशभरी साथीहरु छन् ।
अर्को कुरा के छ भने हामी लामो समय यहींभित्रका पोखरीमा भएका माछाहरु यही पोखरीमा चाहिं हामी भेटघाट भइरहने र लामो समय यसै पेशामा लागेको, यही समूहमा लागेको भनेर एकले अर्कालाई चिन्ने मौका र मेरो व्यक्तिगतरुपले मेरो संस्थामा गरिएका डेलिभरीहरु र यसको प्रश्न के छ भने लामो समय तीन कार्यकाल अध्यक्ष भएँ, त्यसको कुरा केही न केही घरमा गरेका राम्रा कुराहरु बाहिर आउँछ र राम्रो ज्योतिषी भयो भने उसले प्रचार गर्नुपर्दैन । त्यो बाहिर आउने भएको कारणले अर्को कुरा के छ भन्दाखेरी हामी अति आवश्यक सेवामा पनि कार्यरत छौं । अहिले जति कुरा गरे पनि यो पेट्रोलियम पदार्थ भनेको चाहिं यसलाई के छ भने वैकल्पिक उर्जा नभए पनि हाम्रोजस्तो नेपालमा मेन उर्जा हो । यो उर्जाको मूल्य हामी सबै मिलेर कसरी कम गर्न सकिन्छ भन्ने कुरा चाहिं हाम्रोमात्र संगठनको आवाज, उद्योग वाणिज्य महासंघको संगठनले पनि यसलाई आवाज लिइदिएर साथमा लिएर जान्छ भन्ने मैले विश्वास लिएको छु ।
प्रकाशित समय १०:१५ बजे