V3-NCD-Screening-month-Advertisment
NIMB Add_1100x110

जिवन्त, जिम्मेवार र जोशिलो निजी क्षेत्र बनाउनका लागि वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएको हुँ : अञ्जन श्रेष्ठ (भिडियोसहित)

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघ (एफएनसीसीआई)को आशन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदका प्रत्याशी अन्जन श्रेष्ठ तथा उनको समूहले औपचारिकरुपमा टिम घोषणा गर्दै वाचापत्र सार्वजनिक गरेको छ । वरिष्ठ उपाध्यक्ष पदका प्रत्याशी श्रेष्ठसहितको टिमले वाचापत्र सार्वजनिक गरेको हो । वाचापत्र सार्वजनिक गर्दै अन्जन श्रेष्ठले जिवन्त, जिम्मेवार र जोशिलो निजी क्षेत्रको लागि आफूले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएको बताए ।

वाचापत्र सार्वजनिक कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पदका प्रत्याशी श्रेष्ठले स्थानीय उत्पादनहरुको प्रवद्र्धन गर्दै औद्योगिक विकासमा अगाडि बढनुपर्ने बताए । नेपालजस्तो मुलुकमा कुनै पनि व्यवसाय टिकाउनको लागि व्यवसाय विस्तार गर्न जरुरी भएको भन्दै श्रेष्ठले निजी क्षेत्रको नेतृत्वले साना र मझौला व्यवसायीको समस्यालाई समेत सम्बोधन गरेर सँगै अगाडि बढ्नुपर्ने बताए । महासंघलाई नयाँ उचाईमा पुर्‍याउन र संस्थाको व्यवसायिक क्षमता अभिवृद्धिका साथै संस्थागत प्रभावकारिता बढाउन आफ्नो वाचापत्रलाई आधार मानेर काम गर्ने उनले स्पष्ट पारे । आफ्नो टिमले सहभावना र सहकार्यको मूल आधारलाई लिएर अगाडि बढ्ने र हरेक उद्योग व्यवसायीलाई महासंघमा पहिचान दिलाउने प्रतिबद्धता उनले जाहेर गरे । कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पदका प्रत्याशी श्रेष्ठको समूहबाट जिल्ला नगरतर्फका उपाध्यक्षमा अरुणराज सुमार्गी, वस्तुगत तर्फका उम्मेदवारतर्फ मनिषलाल प्रधानले आफ्नो उम्मेदवारी घोषणा गरे ।

अन्जन श्रेष्ठ समूहसँग सहकार्य गर्दै एसोसिएट्सतर्फ उपाध्यक्ष पदमा स्वतन्त्र प्यानलबाट उम्मेदवारी दिएका भरतराज आचार्यले सामूहिकतामा विश्वास गर्ने हुँदा सोहीअनुसार सहकार्य गरिएको बताए । यस्तैगरी समूहको तर्फबाट वस्तुगत समूह तथा जिल्ला नगरतर्फका प्यानल सदस्यहरुले समेत आफ्नो उम्मेदवारी औपचारिकरुपमा घोषणा गरे ।

(एफएनसीसीआईको वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार अन्जन श्रेष्ठको वाचापत्रको पूरा अंश भिडियोमा)

प्रकाशित समय २२:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Prabhu_Bank20240424-WA0010