V3-NCD-Screening-month-Advertisment
NIMB Add_1100x110

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सिईओ ज्ञवालीले न्यूयोर्कको राष्ट्रसंघ भवनमा नेपालको पुनर्निर्माणसम्बन्धी प्रस्तुति दिने

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिईओ) सुशील ज्ञवाली अमेरिकामा हुने एक कार्यक्रममा सहभागी हुन अमेरिका जाँदैछन् । सिईओ ज्ञवालीले संयुक्त राष्ट्रसंघको महासभाको सन्दर्भमा न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको भवनमा आयोजना हुने ‘विपदपश्चात्को आवश्यकता आँकलन र पुनर्निर्माण तथा पुनस्र्थापना योजना’ विषयक कार्यक्रममा नेपालको पुनर्निर्माण सम्बन्धी प्रस्तुति गर्ने भएका छन् । प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले भूकम्प पश्चात नेपालको पुनर्निर्माण तथा पुनस्र्थापनासम्बन्धी अनुभव र भावी कार्ययोजना प्रस्तुत गर्ने कार्यक्रम छ । आगामी शुक्रबार अमेरिकामा सो कार्यक्रमको आयोजना हुनेछ । सिइओ ज्ञवालीले भने– ‘कार्यक्रममा हुने प्रस्तुतिले नेपालको पुनर्निर्माणमा अन्तर्राष्ट्रिय समुदायबाट आर्थिकलगायत अरु सहयोग जुटाउन मद्दत पुग्ने विश्वास लिएको छु ।’ कार्यक्रममा नेपालको पुनर्निर्माण र पुनस्र्थापना सम्बन्धमा नेपालको हालसम्मको प्रगति अवस्था र पुनर्निर्माणका लागि आवश्यक पर्ने वित्तीय आवश्यकता सम्बन्धमा समेत छलफल हुनेछ । संयुक्त राष्ट्रसंघ, युरोपियन यूनियन र विश्व बैंकले संयुक्तरुपमा आयोजना गर्ने उक्त कार्यक्रममा डोमिनिकन रिपब्लिक, नाइजेरियाकालगायतका मुलुकका साथै संयुक्त राष्ट्रसंघ, युरोपियन यूनियन एवं विश्व बैंकजस्ता अन्तर्राष्ट्रिय संस्थाहरुको प्रस्तुति रहने कार्यक्रम छ । अमेरिका रहेका बेला प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले विश्व बैंक र संयुक्त राष्ट्रसंघका उच्च अधिकारीहरुसँग छुट्टाछुट्टै भेट गर्ने कार्यक्रमसमेत रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।

प्रकाशित समय २०:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Prabhu_Bank20240424-WA0010