जनता बैंकद्वारा विद्यालयलाई शैक्षिक सामाग्री प्रदान

जनता बैंक नेपाल लिमिटेडबाट लमजुङको बेशीसहर नगरपालिका–१, रामचोक बेशीमा अवस्थित श्री बाल विकास आधारभूत विद्यालयलाई प्रोजेक्टर हस्तान्तरण गरिएको छ । विद्यालयमा आयोजित एक कार्यक्रममा बैंक सञ्चालक समितिका अध्यक्ष केशवबहादुर रायमाझीले उक्त सामाग्री विद्यालय व्यवस्थपन समितिका अध्यक्ष प्रेम सेढाईलाई हस्तान्तरण गरेका हुन् । संविधानसभा सदस्य जमिन्द्रमान घलेको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा बैंकका अध्यक्ष रायमाझीले विद्यालय शिक्षालाई आधुनिक प्रविधिसँग जोड्न उक्त सहयोग महत्वपूर्ण रहने बताए । जनता बैंकले संस्थागत सामाजिक उत्तरदायित्वमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखी कार्य गर्दै आइरहेको छ । बैंकले हाल देशभरीबाट १२३ शाखा, ४० शाखारहित बैंकिङ सेवा, ७१ वटा एटिएम, २ सीमित्त बैकिङ्ग एकाई र २ एक्स्टेन्सन काउन्टरबाट वित्तीय सेवा प्रदान गरिरहेको छ ।
प्रकाशित समय १८:१३ बजे