1180_110px 89th anniversary_Nepal Bank
850×150-NIMB

कालिन्चोक मेनपावर भन्छ : पैसा उठाएको छैन, बिदेश उड्न तयारीमा रहेका कामदार भन्छन् : एकलाख तीस हजार तिरेको छु

काठमाडौं । युएईको EFS facilities management services llc कम्पनीबाट नेपालको कालिन्चोक मेनपावर कम्पनीले ठूलो मात्रामा नेपाली कामदारको मागपत्र ल्याएको थियो । अहिले प्रतिकामदार पठाउने क्रममा एकलाख तीस हजारको दरले पैसा असुली गरिरहेको छ । नेपालमा सेक्युरिटीमा ख्यातिप्राप्त कालिन्चोक मेनपावर प्रालि खोलेर पछिल्लो समय बिदेश पठाउने काममा सक्रिय रहेको छ ।

एक बैदेशिक रोजगामा जान तयार युवाले भने– सुरक्षा क्षेत्रमा राम्रो पहुँच बनाएको भन्दैमा जे गर्दा पनि हुन्छ ? छोटो समयमा धेरै कमाउने महत्वाकांक्षी रकम असुली एकदमै अन्यायपूर्ण काम गरिरहेको छ । मेनपावरमा बुझ्दा हामीले पैसा उठाएको छैन भन्छन्, तर त्यही कम्पनीमा कार्यरत कामदारले नेपालमा भएका आफन्तलाई सिफारिश गरेर सबै प्रक्रिया पूरा गरी बिदेश उड्नै लाग्दा अहिले यति धेरै पैसा दिनुपर्ने अवस्थामा चूप लागेर बस्न सकिएन । यहाँबाट सबै फ्रि भनेर कामदार ल्याउँछौं भनेर डिमाण्ड लग्यो । हामीले पनि नेपालमा भएका साथी आफन्तलाई भन्यौं ।अहिले लागतको बिषय हामीलाई अस्वीकार्य छ । सम्बन्धित निकायको ध्यान पुगोस् । यहाँ आएर बोटमा पैसा टिप्ने हैन, पसिना बगाएर कमाउन आउने हो । अरु हामी जान्दैनौं, यस्तो चर्काे असुली हामीलाई रत्तिभर मान्य हँुदैन । करिब पाँच दर्जन कामदारबाट लाखौं रुपैयाँका दरले रकम असुल्दा म्यानपावरलाई अलिकति पनि अप्ठेरो लाग्दैन ? ती कामदारले भने ।

प्रकाशित समय १५:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु