1100×100 Nabil Advert

‘ल्याण्डमार्क होटल्स रिसोर्ट एण्ड स्पा’मा गरिमा विकास बैंकका ग्राहकलाई छुट

काठमाडौं । आन्तरिक पर्यटनलाई प्रोत्साहन तथा प्रवद्र्धन गर्नुको साथै आफ्ना ग्राहकहरुलाई थप सुविधाहरु प्रदान गर्नका लागि गरिमा विकास बैंकले नेपालको एक प्रख्यात चेन होटल ‘ल्याण्डमार्क होटल्स रिर्सोट एण्ड स्पा’सँग डिलक्स रुममा ३५ प्रतिशत छुट, फुड एण्ड वेभरेजमा १५ प्रतिशत छुट साथै अन्य सेवा सुविधाहरुमा आकर्षक छुटको लागि सम्झौता गरेको छ ।

सम्झौताअनुसार गरिमा विकास बैंकका डेविट कार्ड र मोबाईल बैकिङ्ग प्रयोग गरी बिल भुक्तानी गर्नुहुने ग्राहकले काठमाडौं, पोखरा र चितवनमा रहेको ल्याण्डमार्क होटलबाट उल्लेखित छुट सुविधाहरु लिन सक्नुहुने बैंकद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

हाल गरिमा विकास बैंकले १०६ शाखा कार्यालयहरु र ५१ एटिएमबाट आफ्ना ग्राहकहरुलाई सरल, सुरक्षित एवं गुणस्तरीय बैकिङ्ग सुविधा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित समय १०:०९ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु