V3-NCD-Screening-month-Advertisment
NIMB Add_1100x110

मलेसियाबाट खगेन्द्र न्यौपानेले गरे एनआरएनए सचिवमा उम्मेदवारीको घोषणा

गैरआवासीय नेपाली संघ (एनआरएनए)को आगामी १० औं महाधिवेशन मार्फत् चुनिने नयाँ कार्यसमितिमा एसिया प्यासिफिक क्षेत्रीय सहसंयोजक खगेन्द्र न्यौपानेले एनआरएनए आइसीसी सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । एसिया प्यासिफिक सहसंयोजक भएर कुशलताका साथ जिम्मेवारी निभाएका न्यौपानेले आगामी कार्यकाल २०२१–२३ का लागि सचिवमा उम्मेदवारी दिएका हुन् ।

 

संघको अभियानमा आफूले प्राप्त गरेको अनुभव, अग्रजहरुको आग्रह र साथीभाईको अनुरोधमा सचिव पदमा उम्मेदवारी दिने निचोडमा पुगेको न्यौपानेको भनाई छ । उनले भने– ‘सन् २०२१–२३ कार्यकालका लागि सबैको आग्रह र आफ्नो केही गर्ने इच्छाअनुसार मैले एनआरएनए आइसीसी सचिव पदमा उम्मेदवारी दिने निर्णय गरेको हुँ ।’ एनआरएनए मलेसियाको उपाध्यक्ष, आइसीसी सदस्य, एक कार्यकाल अध्यक्ष र अहिले एसिया प्यासिफिक सहसंयोजकको जिम्मेवारीमा आफ्नो कार्यक्षमता प्रदर्शन गरिसकेका न्यौपानेले एनआरएनए अभियानमा लागिरहँदा आफ्ना मुद्दालाई स्थापित गर्न आइसीसी सचिव पदमा उम्मेदवारी घोषणा गरेको जनाएका छन् ।

 

गैरआवासीय नेपाली संघले दिएको जिम्मेवारीलाई आत्मसाथ गर्दै विश्वसनीय, पारदर्शी र सहभागितामूलक ढंगले विगतमा प्राप्त गरेको ऐतिहासिक सफलता, सीप, क्षमता तथा अनुभवलाई आईसीसी सचिवका माध्यमबाट विश्वसामु पस्कन नयाँ जिम्मेवारी वहन गर्नसक्ने प्रतिवद्धता उनको छ ।

 

न्यौपानेले आफ्नो अपिलमा भनेका छन्– ‘आजको दिनसम्म आइपुग्दा यहाँहरुको माया, साथ, सुभेक्षा र समर्थनले जुन सफलता हासिल गरे यसका लागि यहाँहरु सबै प्रति ऋणी रहने छु र मलाई विश्वास छ, सोही अनुरुप आईसीसी सचिवमा पनि अत्यधिक मतले विजयी गराई ऐतिहासिक सफलतालाई निरन्तरता दिनुहुनेछ भन्ने आशासहित हार्दिक अपील गर्दछु ।’ न्यौपाने मलेसिया तथा नेपालमा विभिन्न व्यवसायमा लगानी गरेका सफल व्यवसायी समेत हुन् । एसिया प्यासिफिकबाट आइसीसी सचिव पदका लागि न्यौपाने साझा तथा एक्लो उम्मेदवार भएकोले विजय नजिक भएको जानकारहरु बताउँछन् ।

प्रकाशित समय १८:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Prabhu_Bank20240424-WA0010