MoBank GIF (1200×120)_New
Nabil add_1100x100
GIBL 1000 x 100

कैलालीमा निर्धन उत्थानद्वारा व्यवसायिक कुखुरापालन तालिम प्रदान

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले कैलालीको जोशीपुरमा व्यवसायिक कुखुरा पालन तालिम प्रदान गरेको छ । संस्थाका आफ्ना २५ जना ग्राहक सदस्यहरुको सहभागितामा असोज १७ गतेदेखि १९ गतेसम्म कैलाली जिल्लाको जोशीपुरमा ‘व्यवसायिक कुखुरा पालन तालिम’ सम्पन्न भएको संस्थाका जोशीपुर शाखाका प्रमुख प्रेमप्रसाद शर्मा चापागाईले जानकारी गराएका छन् । सो तालिमका प्रशिक्षकहरु हिरालाल चौधरी, शंकरप्रसाद न्यौपाने र प्रेमप्रसाद शर्मा चापागाई रहेका थिए ।
तालिम उदघाटन पहिलो सत्रमा सभापति जोशीपुर गाउँपालिकाका अध्यक्ष रामकृष्ण चौधरी साथै प्रमुख अतिथि जोशीपुर बजार व्यवस्थापन समितिका अध्यक्ष विश्वनाथ चौधरी रहेका थिए । उनीहरुले आफ्नो क्षेत्रका जनतालाई सीपमूलक तालिम साथै सो परियोजना संचालनका लागि कर्जा दिई स्वरोजगार बनाउनमा सहयोग गरेकोमा खुसी प्रकट गरेका थिए ।
एक परिवारमा एक जना उद्यमी बनाउन संस्थाले पहल गरी रहेको, संस्थाले साढे दुई दशकदेखि निरन्तर लघुवित्त सेवा दिई रहेको यस संस्थाबाट कर्जा लिई ब्यवसाय गरी धेरै घरपरिवार आर्थिक समुन्नततिर अगाडि बढेको संस्थाका जोशीपुर शाखाका प्रमुख चापागाईले बताएका छन् । संस्थाले २०७५ भाद्र मसान्तसम्ममा ३ लाख २० हजार घरपरिवारहरुमा सेवा विस्तार गरेको छ । संस्थाले २०७५ भाद्रसम्ममा लगानीमा कर्जा १५ अर्ब ४९ करोड रहेको छ भने ग्राहक सदस्यहरुका ८ अरब ७० करोड बचत परिचालन गरेको छ । कुखुरापालन गरी रहेका संस्थाका ग्राहक सदस्यहरुलाई थप ज्ञान, सीप प्रदान गर्न यस तालिममा सहभागी गराइएको संस्थाका जोशीपुर शाखाका प्रमुख चापागाईले जानकारी दिएका छन् ।

कार्यक्रम समापन सत्रमा सहभागी झन्खुलाल चौधरीले तालिमको मूल्यांकनको क्रममा यस ३ दिने तालिमबाट आफूलाई आवश्यक पर्ने कुराहरु सिक्नुका साथै व्यवसाय गर्न प्रेरणा मिलेको र सिकेको कुराहरुलाई आफ्नो जीवनभर लागू गरी स्वरोजगार बन्ने र आफ्नो छिमेकमा अरुलाई पनि सिकाउने प्रतिवद्धता ब्यक्त गरेका थिए । महिला सहभागीका तर्फबाट श्रीमती गीता डगौराले यस तालिमले आफूमा नयाँ जोश र जाँगर पलाएको र अब श्रीमान्को भरमा मात्र नरही लिएको तालिमलाई पूर्ण सदुपयोग गर्दै स्वरोजगार रही आफ्ना छरछिमेकमका दिदीबहिनीहरुलाई समेत व्यवसाय सञ्चालन गर्न जागरुक बनाउने भन्दै आगामी दिनमा पनि यस्ता तालिमहरुको अपेक्षा राखेकी थिइन् । तालिमको समापनमा समापन सत्रका प्रमुख अतिथि अत्तरिया क्षेत्रीय कार्यालयका क्षेत्रीय प्रमुख शंकरप्रसाद न्यौपानेले सहभागीहरुलाई आफूले सिकेका सीपलाई सदुपयोग गरी व्यवसायिक रुपमा व्यवसाय सञ्चालन गर्न सुझाव दिएका थिए ।
निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड ७ वटै प्रदेशका देशको ७७ वटै जिल्लाहरुको शाखा सञ्जाल रहेको नेपालको एकमात्र लघुवित्त संस्था हो । संस्थाले १७९ वटा शाखाहरु, ७ वटा क्षेत्रीय कार्यालय र केन्द्रीय कार्यालय गरी १८७ वटा कार्यालयहरुको स्थापना गरी संस्थाले लघुवित्त सेवा पु¥याइरहेको छ । संस्थाले ग्रामीण क्षेत्रमा बसोबास गर्ने विपन्न परिवारका महिलाहरुलाई समूहमा आवद्ध गराई विनाधितो लगानी गर्नुका साथै सीपमूलक तालिम, उद्यमशीलता विकास तालिम, सचेतनामूलक कार्यक्रमहरु स चालन गर्दै आर्थिक, सामाजिक, बौद्धिक विकास गर्दै आइरहेको छ । संस्थाले देशको कुना–कुनामा शाखाहरु स्थापना गरी ग्राहक सदस्यहरुलाई सीप विकास तालिम प्रदान गर्दै आइरहेको छ । साथै तालिम लिएका सदस्यहरुलाई आवश्यकतानुसार लगानीसमेत गर्दै आइरहेको संस्थाका क्षेत्रीय कार्यालय अत्तरियाका क्षेत्रीय प्रमुख शंकरप्रसाद न्यौपानेले तालिममा सहभागीहरुलाई जानकारी गराएका थिए ।

कुखुरापालन ब्यवसाय एक परिचय, स्थानीय र उन्नत कुखुरापालन भिन्नता, महत्व, आवश्यकता र वर्तमान स्थिति तथा ब्रोईलर एवम लेयर्स कुखुराको जातिय परिचय र ब्रोईलर पाल्नको कारण तथा महत्व, कुखुरापालन विधि, खोरको महत्व, उन्नत वा सुरक्षित खोर निर्माण गर्न ठाउँको छनौट, स्थानीय श्रोत साधन प्रयोग गरी उन्नत खोर निर्माण गर्ने तरिका र खोरमा हावा, ताप, प्रकाश, आद्र्रताको महत्व, सोतरको महत्व एवम् सोतरको लागि प्रयोग गरिने वस्तुहरु, चल्ला ल्याउन पूर्व गर्न पर्ने तयारीहरु, गुणस्तरिय चल्लाको पहिचान, ब्रुडिङ्गको परिचय, ब्रुडिङ्ग हाउसमा चल्ला राख्दा चल्लाको छनौट, जाडो तथा गर्मीयाममा चल्ला ब्रुडिङ्ग गर्ने तरिका एवम ब्रुडिङ्ग हाउसमा उपयुक्त तापक्रमको महत्व र ब्रुडिङ्ग गर्दा ध्यान दिनु पर्ने कुराहरु, ब्रुडिङ्ग गर्दाको अवस्थामा एण्टिबायोटिक, भिटामिन तथा ईलेक्ट्रोलाइटको महत्व, चल्लाको आहार, उन्नत दानाको महत्व, किसिम र स्थानीय श्रोत साधनको प्रयोग गरी सन्तुलित दाना बनाउने तरिका, चल्लाको जात, उमेर अनुसार भूँई क्षेत्र, दानापानी, भाँडाकुँडाको आवश्यकता र शारीरिक तौलमा वृद्धि, रोगको परिचय, कुखुरामा रोग लाग्नाको कारणहरु, रोगी तथा निरोगी कुखुराको पहिचान गर्ने तरिका र रोगबाट बच्ने उपायका साथै कुखुरापालन ब्यवसायमा बायोसेक्युरिटीको महत्व बारे जानकारी, रानीखेत, गम्बारो तथा मारेक्सको पुल्लोरम, कुखुराको हैजा तथा कक्सिडियोसिस रोगको परिचय, लक्षण, उपचार तथा रोकथाम, खोपको महत्व, खोपहरु प्रयोग गर्ने तरिका, ब्रोइलर कुखुराको खोप कार्यक्रम र खोर संक्रमण मुक्त पार्ने तरिकाबारे जानकारी साथै कुखुरापालन कृषकको खोरमा अध्ययन भ्रमण, दुषित दानापानी तथा भिटामिन र खनिज तत्वको कमीबाट लाग्ने रोगहरु र आन्तरिक तथा वाह्य परिजीवीबाट लाग्ने रोगहरुको परिचय, लक्षण उपचार तथा रोकथामका उपायहरु, कुखुरापालन व्यवसायको योजना तर्जुमा र अभिलेख राख्ने तरिका तथा कुखुरापालन व्यवसायको बजार व्यवस्थापन, कुखुरापालनको स्किम, बचत परिचालन र बचतका फाइदाहरु संस्थाका सेवाहरुको आदि बारेमा यस तालिममा सहभागीहरुले जानकारी हासिल गरेको जोशीपुर शाखाका प्रमुख चापागाईले बताए ।

प्रकाशित समय २२:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु