MoBank GIF (1200×120)_New
Nabil add_1100x100
GIBL 1000 x 100

काठमाडौं वल्र्ड स्कूलले विदेशी विद्यार्थीहरूलाई समेत आकर्षण गर्छ

संसारमा भएका विभिन्न किसिमका भौतिक पूर्वाधारहरूको भन्दा कुनै कमी नहुने गरी नेपालमै काठमाडौं वल्र्ड स्कूलको स्थापना भएको छ । आवास सुविधासहितको अन्तर्राष्ट्रियस्तरको स्कुलको अभावमा हरेक वर्ष हजारौंको संख्यामा नेपाली अभिभावकहरूले आफ्ना नानीहरूलाई मुलुकबाहिर खासगरी भारतमा लानुपर्ने स्थितिलाई अन्त्य गर्न र देशभित्रै अन्तर्राष्ट्रियस्तरको सुविधा सम्पन्न विद्यालय भवन, सुरक्षित एवम् उपयुक्त शैक्षिक वातावरणमा विद्यार्थीहरूलाई व्यवहारिक, समाज तथा जीवनोपयोगी शिक्षा प्रदान गर्ने उद्देश्यले काठमाडौ वल्र्ड स्कुल सञ्चालनमा आएको प्रमुख कार्यकारी डा.राजेन्द्रकुमार घिसिङले बताए ।


विज्ञान र प्रविधिले ल्याएको अनपेक्षित परिवर्तनलाई आत्मसात गर्ने तथा भविष्यमा आउने चुनौतिलाई सामना गर्न सक्ने दक्ष जनशक्ति उत्पादनका लागि आधारभूत मानिने विद्यालय शिक्षालाई विश्वस्तरीय बनाउन विद्यार्थीहरूको सर्वाङ्गीण अर्थात् शैक्षिक, व्यक्तिगत, सामाजिक, मानसिक एवम् शारीरिक विकासका लागि स्कूलले आधुनिक शिक्षण विधिमा जोड दिनुका साथै विद्यार्थीहरूलाई विभिन्न अतिरिक्त क्रियाकलापमा संलग्न गराउने र उनीहरूलाई सानैदेखि आफ्नो कार्यप्रति आफंै जिम्मेवार हुन सिकाउने, समाजप्रति उत्तरदायी बनाउने तथा दया, करुणा, भाइचाराको अभिवृद्धि गर्ने र एकअर्काप्रतिको सम्मानलाई आत्मसात गर्न निरन्तर रूपमा सामाजिक सेवामा लगाउने जस्ता योजनाहरू स्कुलले राखेको प्रिन्सिपल डा.राजिव क्षेत्री बताउँछन् । विद्यार्थीहरूलाई कुनै कुरा सिकाउने भन्दा पनि आफैंले नयाँ विषय वा कुरा कसरी सिक्ने भन्नेमा स्कूलले जोड दिएको प्रिन्सिपल क्षेत्रीको भनाई छ ।
काठमाडौ वल्र्ड स्कूल भक्तपुर, सूर्यविनायक नगरपालिका–७, गुन्डुमा करिब ५५ रोपनी जग्गामा फैलिएको छ भने ३ लाख वर्गफिट बराबरको भौतिक संरचनाको हाल निर्माण कार्य भइरहेको छ । पहिलो चरणको निर्माण कार्य लगभग सकिएको र दोस्रो चरणको निर्माण कार्य आगामी एक वर्षमा सम्पन्न हुने स्कूलको योजना रहेको छ । सम्पूर्ण निर्माण कार्य पूरा भएपछि विभिन्न तह गरि करीव १२ सय विद्यार्थीले उक्त स्कूलमा अध्ययन गर्नेछन् भने ३ सय ८० जना छात्रछात्राहरूको आवास गृह तयार हुनेछ । स्वीमिङ पुलसहितको अतिरिक्त क्रियाकलाप भवनमा करिब १५ भन्दा बढी विभिन्न अतिरिक्त क्रियाकलापहरू जस्तै नृत्य, संगीत, मार्सल आर्टस्, लाउन टेनिस, नाटक, फाइन आर्ट, इन्डोर मन्टिपर्पोस कोर्ट, फुटसल आदिको सुविधा रहेको छ । सेमिनार, विविध साँस्कृतिक कार्यक्रमका लागि दुईवटा हलहरूको निर्माण भइसकेको छ भने करिव ६ सय जना क्षमताको अडिटोरियम पनि दोस्रो चरणमा निर्माण हुनेछ । विद्यालयको उत्तर, पूर्व र दक्षिणमा हरियो जंगलको सीमाना रहेको र पश्चिमतर्फको सीमानामा मानव बस्ती रहेको त्यो ठाउँ अध्ययन तथा अध्यापनका लागि उपयुक्त वातावरण मानिन्छ ।
स्कुलले राष्ट्रिय पाठ्यक्रममा आधारित कक्षा १ देखि १२ सम्मको आधारभूत र माध्यमिक शिक्षा प्रदान गर्नुका अलावा ए लेभलको अध्यापन पनि समेटेको छ । काठमाडौ वल्र्ड स्कुलले अध्यापनको लागि अन्तर्राष्ट्रियरूपमा ख्याति प्राप्त बेलायतको इन्टरनेसनल प्राइमरी करिकुलम (आइपिसि) को शिक्षण विधिलाई प्राथमिक तहमा र इन्टरनेसनल मिडिल एर्स करिकुलम (आइएमवाइसि) माध्यमिक तहमा अपनाइएको प्रिन्सिपल क्षेत्रीको भनाई छ । स्कूलले अनुभवी तथा तालिम प्राप्त शिक्षकहरूद्वारा विद्यार्थीहरूलाई अध्यापन गराउने र समय सापेक्ष उनीहरूको ज्ञान तथा शिक्षण क्षमता विकासका लागि निरन्तररूपमा तालिम, गोष्ठि, सेमिनार गर्ने र सामुदायिक विद्यालयका शिक्षक तथा प्रधानाध्यापकहरूको शिक्षण तथा व्यवस्थापकीय क्षमता अभिवृद्धिका लागि समेत काठमाडौ वल्र्ड स्कूलले सहकार्य गर्ने र आवश्यक तालिम दिने योजना रहेको बताइएको छ । स्कुल पूर्णरूपमा सञ्चालनमा आएपछि गुणस्तरीय शिक्षाका लागि अभिभावकहरूले आफ्ना छोराछोरीलाई मुलुकबाट बाहिर लानुनपर्ने र सोका लागि बाहिरिने करोडौं रकमलाई रोक्न सघाउ पुग्नुका साथै भविष्यमा छिमेकी देशहरूका विद्यार्थीहरूलाई समेत नेपालमा आकर्षण गर्ने काठमाडौ वल्र्ड स्कुलको रणनीतिक योजना रहेको प्रमुख कार्यकारी डा.राजेन्द्रकुमार घिसिङले बताए ।

प्रकाशित समय २२:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु