MoBank GIF (1200×120)_New
Nabil add_1100x100
GIBL 1000 x 100

मेगा बैंक र एनएलजी इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

हलोदेखि हाइड्रोसम्मको नारा लिएर स्थापित भएको मेगा बैंक लिमिटेड र एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकास्योरेन्स सम्झौता भएको छ । सम्झौतामा मेगा बैंककी सहायक नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र एनएलजी इन्स्योरेन्स कम्पनीका कायममुकायम प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्तले हस्ताक्षर गरेका छन् । अब ग्राहकहरुले मेगा बैंकका देशभरिका शाखाबाट एनएलजी इन्स्योरेन्समा निर्जीवन बिमा गर्नुका साथै प्रिमियम भुक्तानी, दाबी भुक्तानी लगायत सबै सेवा प्राप्त गर्न सक्नेछन् । यो सम्झौताले घर, गाडी, व्यावसाय, दूर्घटना बीमा लगायतका निर्जीवन बिमा गर्न चाहने र गरिरहेका ग्राहकहरुलाई सुविधा हुने मेगा बैंकको विश्वास छ । पछिल्लो समय मेगा बैंकले विभिन्न बीमा कम्पनीहरुसँग बैंकास्योरेन्स सम्झौतालाई तीव्रता दिएको छ ।

प्रकाशित समय ०८:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु