Nabil add_1100x100
GIBL 1000 x 100

साउथवेष्टर्नले क्वालिटीलाई प्राथमिकता दिएको छ

गणेश महरा साउथ वेस्टर्न स्टेट कलेजका कार्यक्रम निर्देशक हुन् । उनी समयक्रमसँगै विद्यार्थीहरूलाई विभिन्न किसिमका भौतिक पूर्वाधारसहित अध्ययन गर्न पाउने अवसर प्रदान गर्न पाएकोमा खुशी व्यक्त गरेका छन् । उनी अहिले विश्वस्तरमा जे–जस्ता भौतिक पूर्वाधारहरू उपलब्ध हुन्छन्, ती सबै नेपालकै कलेजहरूमा उपलब्ध गराउन सकिएको बताउँछन् ।


महरा भन्छन्– ‘आज विद्यार्थीले चाहेअनुसारका विषयहरू पढ्न पाइराखेका छन् । जसका कारण आफू कहाँ जाने, करियर कस्तो बनाउने भन्ने कुरा पहिलेभन्दा धेरै नै सहज छ ।’ खासगरी विद्यार्थीहरूले रोजेकै ठाउँमा पढ्न पाउने, विश्वस्तरीय गुणस्तरको शिक्षा नेपालमै उपलब्ध हुने भएपछि वार्षिक अरबौं रुपैयाँ शिक्षामा नाममा विदेश पठाइरहनुपर्ने स्थितिलाई अब अन्त्य गर्नुपर्ने उनको ठहर छ । उनी अब आफ्नो कलेजमा पढ्ने विद्यार्थीलाई सबै क्षेत्रमा प्रतिस्पर्धी बनाएर उत्पादन गर्नेतिर ध्यान पु¥याउन थालेको बताउँछन् । त्यसैले लोकसेवा आयोगतिर सहजरुपमा प्रतिस्पर्धी हुने खालका, सरकारी सेवामा प्रतिस्पर्धी ढंगले अगाडि आउने खालका र निजी क्षेत्रले माग गरेअनुसार जुनसुकै अवस्था पनि विद्यार्थीहरूले आफ्नो क्षमता प्रदर्शन गर्नसक्ने खालका विद्यार्थी उत्पादन गर्नेतिर साउथ वेस्टर्न स्टेट कलेजको ध्यान गएको उनी बताउँछन् ।
उनी आफ्नो कलेजले ‘क्वालिटी’लाई महत्व दिएको बताउँछन् । उनी भन्छन्– ‘साउथवेष्टर्नले क्वालिटीलाई प्राथमिकता दिएको छ । क्वालिटीको शिक्षा दिन सकियो भने संसारको इतिहास हेर्दाखेरि सरकारले जतिसुकै गर्छु भने पनि निजी क्षेत्रका संस्थाहरू पूर्णरुपमा बन्द भएको कहीं पनि पाउन सकिंदैन । त्यसैले क्वालिटीलाई मेन्टेन गर्न सकियो भने, सोसाइटीलाई चिन्न सकियो भने, राम्रो गुडविल राख्न सकियो भने हामीलाई त्यस्तो अप्ठ्यारै पर्छ जस्तो मलाई लाग्दैन ।’ कलेजहरूले फि लिने सम्बन्धमा पनि उनको आफ्नै भनाई छ । उनी भन्छन्– ‘एजुकेशन त भन्ने हो भने वास्तवमा पूर्व झापामा पढाए पनि, पश्चिम महाकालीमा पढाए पनि, जुम्लामा पढाए पनि सरकारले तोकिदिएको कोर्षभित्रै पढाउने हो । फि लिने भनेको फ्यासिलिटीमा डिपेन्ड हुने कुरा हो । जुन कलेजले, जुन संस्थाले जस्तो फ्यासिलिटी दिएको छ, त्यही अनुसारको फि लिनुपर्छ । तर फेरि अभिभावकले थेग्नै नसक्ने गरेर, ढाडै भाँच्ने गरेरचाहिं लिनु हुँदैन ।’ उनको प्रष्ट मान्यता छ– ‘सबै संस्थालाई फेरि एउटै तराजुमा राखेर पनि हेर्नु हुँदैन । जसले जस्तो किसिमको सुविधा दिन सक्छ, त्यसले त्यही अनुसारको फि लिने र त्यसको ‘जस्टिफाई’ चाहिं हुनुपर्छ ।’
उनले आफ्नै सुविधासम्पन्न बिल्डिङ, अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब, होटेल म्यानेजमेन्ट ल्याब रहेको बताए । उनले आफ्नो कलेजले नेपालको इतिहासमै सम्भवतः पहिलो पटक म्यानेजमेन्ट ल्याब पनि तयार पारेको बताए ।
महरा भन्छन्– ‘हामीकहाँ विद्यार्थीले क्लासमा बसेपछि थेउरी क्लासमात्र हुँदैन, सबै विषयको प्राक्टिकल गराएर विद्यार्थीलाई घरमा पठाउँछौं ।’ अर्को महत्वपूर्ण पक्ष भनेको उनले प्रिजेन्टेशन क्लास रुटिनअनुसार सधैं हुने बताए । नैतिक शिक्षा हाम्रो आफ्नै अडिटोरियम हलमा सधैं हुन्छ । त्यो हलमा राखेर हामी क्लास दिन्छौं । त्यस्तै ‘क्रस नोट कपी चेकिङ’ सम्भवतः नेपालमा पहिलो हो जस्तो लाग्छ ।’
आफूहरूको पहिलो ध्यान चाहिं नेपालबाट शिक्षाका नाममा ठूलो मात्रामा विदेशिइरहेको रकमलाई रोक्नु रहेको उनी बताउँछन् । उनी भन्छन्– ‘युरोपमा गएर पढ्नु र इण्डियाका ठूल–ठूला युनिभर्सिटीमा गएर पढ्नु र हामी नेपालभित्रै त्यो किसिमको फ्यासिलिटी दिनुपर्छ है ताकि शिक्षाका नाममा अरबौं पैसा बाहिर गइरहेको छ, त्यसलाई हामीले रोक्नुपर्छ भन्ने सोचले सुविधासम्पन्न हिसाबले हामीले साउथवेष्टर्न स्टेट कलेजको निर्माण गरेका छौं ।’

प्रकाशित समय २१:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु