MoBank GIF (1200×120)_New
Nabil add_1100x100
GIBL 1000 x 100

सिरहामा स्वदेशी लघुवित्तले गर्यो छात्रा फुटबलको आयोजना

सिरहा । लघुवित्तको क्षेत्रमा आफ्नो छुट्टै पहिचान स्थापित गरिसकेको स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडको सुखीपुर शाखाले बाल दिवसको अवसर पारेर छात्रा फुटबलको आयोजना गरयो । सिराहा जिल्ला सुखीपुर नगरपालिकाअन्तर्गत जनता उच्च माध्यमिक विद्यालयमा छात्रास्तरीय फुटबल कार्यक्रम सम्पन्न गरेको स्वदेशी लघुवित्त वित्तीय संस्थाका साकाजिक विकास अधिकृत विकल काफ्लेले जानकारी दिएका छन् । वित्तीय साक्षरता, महिला सशक्तिकरण तथा योजना निर्माण गर्नेसम्मको तहमा महिलाहरुको नेतृत्वदायी भूमिका आवश्यक रहेको ठहर गर्दै स्वदेशी लघुवित्त वित्तीय संस्थाले विद्यालयका महिला छात्राहरुको सक्रिय सहभागितामा उक्त कार्यक्रम आयोजना गरेको हो । महिलाहरुलाई वित्तीय सेवा, महिला चेतनामुखी अभियान र अन्य सिपमूलक तथा महिलाहरुलाई आत्मनिर्भर बन्न प्रेरित गर्ने खालका कार्यक्रमहरु उपलब्ध गराउने उद्देश्यले भर्खरै मात्र स्वदेशी लघुवित्तको शाखा कार्यलय सुखीपुर नगरपालिकामा स्थापना भएको हो ।

जनता उच्च माविमा सम्पन्न भएको महिला फुटबल कार्यक्रम त्यस क्षेत्रको इतिहासमै पहिलो भएको विद्यालयका प्रधानाध्यापक बताउँछन् । कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक भन्छन्– ‘स्वदेशी लघुवित्तले आयोजना गरेको यस कार्यक्रमले सुखीपुर र यस विद्यालयमा नयाँ इतिहास निर्माण गरेको छ । महिला सशक्तिकरणलाई बलियो र सक्रिय गराउँदै अघि बढ्नको निमित्त महिलाहरुकै सहभागितामा यस्तो कार्यक्रमहरु आवश्यक छ । आउँदो दिनमा समेत स्वदेशी परिवारसँग समन्वयको आशा राख्दछु ।’
स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडका सामाजिक विकास अधिकृत विकल काफ्लेले कार्यक्रममा सहभागी छात्राहरुलाई मेडल तथा त्यसको अतिरिक्त सेनिटरी प्याड वितरण गरेका थिए । कुनै पनि कार्यक्रममा सेनिटरी प्याड वितरण भएको सुखीपुर नगरपालिकाको लागि अर्को रेकर्ड हो । सामाजिक विकास अधिकृत काफ्लेले महिनावारी सरसफाईका कुरालाई असामान्य रुपमा लिने र दैनिक गफहरुका विषयबाट टाढा राख्न नहुने बताए । उनले भने– ‘सेनिटरी प्याडलाई हामीले हाम्रो जीवनको महत्वपूर्ण आवश्यकता ठान्न अझै पनि हिच्किचाउँछौं र यसको सहि प्रयोगको निमिक्त खुलेर विचार आदानप्रदान गर्न सक्दैनौं भने हामीले महिला सशक्तिकरणको निमित्त गरेका हर कार्यक्रम कमजोर गफ मात्रै हुनेछ ।’ काफ्लेले भने– ‘महिला जागरण तथा महिलाहरुको चेतना अभिवृद्धि गर्नको निमित्त आवश्यक रहने हर कार्यक्रममा हामी समन्वयको निमित्त तयार छौं ।’ कार्यक्रममा सशस्त्र प्रहरी निरीक्षक, नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक, स्थानीय युवा, बुद्धिजीवि, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, स्वदेशी लघुवित्तका कर्मचारी तथा स्थानीय बासिन्दा गरी करिब दुई सयभन्दा बढीको सहभागिता रहेको थियो । स्वदेशी लघुवित्तले देशव्यापी रहेका आफ्ना विभिन्न शाखाहरुमार्फत् महिलाको आर्थिक स्थिति माथि उकास्ने क्रियाकलापहरुमा सहयोगी भूमिका खेल्नुका साथै उनीहरुको सशक्तीकरणका लागि काम गर्दै आएको छ ।

प्रकाशित समय १६:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु