संविधान दिवसको अवसरमा एनसेलले ल्यायो विशेष अफर

काठमाडौं । संविधान दिवसको अवसर पारेर एनसेल प्राइभेट लिमिटेडले नयाँ अफर सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको अफरअन्तर्गत ग्राहकहरुले आकर्षक छुट सहितको दरमा माईफाइभ र आईफ्लिक्स सेवा प्रयोग गर्न सक्नेछन् । एनसेलका ग्राहकहरुले असोज २ गतेबाट यो अफरको लाभ लिन सक्नेछन् । यो अफर १५ दिन सम्म संचालनमा रहनेछ । यस विषेश योजनाअन्र्तगत एनसेलका सबै प्रिपेड ग्राहकले अब मात्र रु ५ (कर बाहेक) मा माइफाइभ सेवा सुचारु गरी एनसेलका पाँच वटा आत्मीय नम्बरमा मात्र ५० पैसा (कर बाहेक) प्रति मिनेटको दरमा कुरा गर्न सक्नेछन् । विद्यमान शुल्कमा माइफाइभ सेवा सुचारु गर्न प्रति महिना कर बाहेक रु २० र माईफाइभ नम्बरहरुमा कुरा गर्न प्रति मिनेट ९९ पैसा (कर बाहेक) लाग्दछ ।
एनसेलका प्रिपेड ग्राहकले एस्ट्रिक्स ५५८८ ह्यास डायल गरी अफरअन्तर्गत एक महिनाका लागि माइफाइभ सेवा सुचारु गर्न सक्छन् । प्रत्येक महिना स्वतः नवीकरण हुने गरी माइफाइभ सेवा लिन चाहने ग्राहकले एस्ट्रिक्स५५९९ह्यास डायल गरी यो सेवा सुचारु गर्न सक्छन् । पाँच वटा नम्बरहरु माइफाइभ सर्कलमा राखिसकेपश्चात नम्बर परिवर्तन गर्दा प्रत्येक नम्बर परिर्वतनको कर बाहेक रु ५ शुल्क लाग्नेछ ।
संविधान दिवसको अवसरमा आएको नयाँ अफरमा एनसेलले आफ्ना ग्राहकका लागि सुलभ दरमा भिडियो कन्टेन्टमा पहुँच सुनिश्चित गर्न आईफ्लिक्सको डेटा शुल्कमा पनि भारी छुट प्रदान गरेको छ । यस अन्र्तगत ग्राहकले अब आईफ्लिक्स विभिन्न चार प्रकारका डेटा प्याकहरु मध्ये कुनै पनि प्याक कर बाहेक मात्र रु १० मा सुचारु गर्न सक्छन् । विद्यमान शुल्क अनुसार, यी चार डेटा प्याकहरु एक घण्टाको आइफ्लिक्स डेटा प्याक (वान टाइम), एक घण्टाको आईफ्लिक्स डेटा प्याक (रिकरिङ्ग), अनलिमिटेड नाईट आईफ्लिक्स डेटा प्याक (वान टाइम) र अनलिमिटेड नाईट आईफ्लिक्स डेटा प्याक (रिकरिङ्ग)को दर कर बाहेक रु ४४.२५ रहेको थियो । एनसेलका ग्राहकले अब आईफ्लिक्सका यी डेटा प्याक मात्र रु १० (कर बाहेक) मा प्रयोग गर्दै यसमा रहेको बृहत भिडियो कन्टेन्टहरुको मनोरञ्जन लिन सक्नेछन् । आईफ्लिक्स एक इन्टरनेट टिभी सेवा हो जसको बृहत अनलाइन लाइब्रेरीबाट प्रयोगकर्ताहरुले चर्चित तथा आफुलाई मनपर्ने सिनेमा, टिभी शो तथा अन्य धेरै कन्टेन्टहरु अनलाइन हेर्न तथा डाउनलोड गर्न सक्छन् । संविधान दिवसको अवसरमा आफ्ना ग्राहकहरुका लागि आकर्षक छुट योजना ल्याउन पाएकोमा कम्पनी हर्षित भएको एनसेलले जनाएको छ । यस योजनाले ग्राहकलाई अझ सुलभ दरमा आफ्ना साथिभाई तथा परिवारसँग सम्पर्कमा रहिरहन र सूचना, जानकारी हाषिल गर्न तथा मनोरञ्जनको लागि भिडियो कन्टेन्टको पहुँचलाई सुनिश्चित गर्ने विश्वास एनसेलले लिएको छ ।
प्रकाशित समय १८:१९ बजे