MoBank GIF (1200×120)_New
Nabil add_1100x100
GIBL 1000 x 100

उदयपुरको देउरीमा मेगा बैंकको शाखारहित बैकिङ सेवा

काठमाडौं । स्थानीय तहहरुमा बैकिङ सेवा सहजरुपमा पुगोस् भन्ने नेपाल राष्ट्र बैंकको नीतिअनुसार नै मेगा बैंक नेपाल लिमिटेडले उदयपुरको त्रियुगा नगरपालिकाको देउरीमा शाखारहित बैंकिङ सेवाको शुरुवात गरेको छ । त्रियुगा नगरपालिकावडा नं. ५ का वडाध्यक्ष उद्दवकुमार थापा र मेगा बैंक रौतामाई शाखाका प्रबन्धक रैसुल आजमले एक कार्यक्रमका बीच देउरीमा शाखारहित बैंकिङ्ग सेवाको शुरुवात गरे । त्रियुगा नगरपालिकामा रेमिट्यान्सबाट भित्रिएको लाखौं रकम उपभोग र विलासितामा खर्च भइरहेको भन्दै वडाध्यक्ष थापाले मेगा बैंकको शाखारहित बैंकिङ्ग सेवामार्फत घरदैलोमा बचत गर्न देउरीबासीलाई सजिलो भएको बताए । आगामी दिनमा शाखारहितमा मात्र सीमित नभई बैंकको शाखा नै विस्तार गर्न उनले आग्रह गरे । स्थानीय स्वयंसेवी रामहरि पोखरेलले बैंकहरु विश्वासमा चल्ने संस्था भएकोले सबैलाई विश्वासमा लिएर मेगा बैंकले छिटो छरितो रुपमा सेवा दिनुपर्ने बताए । शाखा प्रबन्धक आजमले ग्रामीण क्षेत्रको आर्थिक अवस्था उकास्न मेगा बैंकले गाउँको खेतीयोग्य जग्गाहरु समेत धितो राखेर सहज तरिकाले १० लाख रुपैयाँसम्मको सरल कर्जा प्रदान गर्दै आएको बताए । हलोदेखि हाइड्रोसम्मको नारा लिएर सञ्चालित मेगा बैंकले आगामी दिनमा आफ्ना ग्राहकहरुलाई अझ छिटो–छरितो सेवा प्रदान गर्ने बताएको छ ।

प्रकाशित समय १५:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु