V3-NCD-Screening-month-Advertisment
NIMB Add_1100x110

साल्ट ट्रेडिङले ठूलो गुन लगायो : मन्त्री यादव

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले नेपाली जनतालाई ठूलो गुन लगाएको बताएका छन् । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको ५६ औं वार्षिकोत्सव समारोहमा बोल्दै मन्त्री यादवले साल्ट ट्रेडिङ लिमिटेडले आयो नून वितरण गरेर नेपाली जनतामाथि ठूलो गुन लगाएको बताएका हुन् । मन्त्री यादवले आयोडिनको कमीको कारण हुने रोगलाई आयो नूनले विस्थापित गरेको बताए । सो अवसरमा बोल्दै मन्त्री यादवले ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा सफल पार्न पनि हरेक जनताले उत्पादनमा जोड दिनुपर्ने बताए । उनले भने– धान रोप्ने बेलामा मलको हाहाकार हुन्छ, अनि कसरी कृषि उत्पादन बढ्छ ? त्यसैले साल्ट ट्रेडिङले मलको आपूर्तिमा विशेष ध्यान दिनु आवश्यक छ । कार्यक्रममा बोल्दै साल्ट ट्रेडिङ कर्पोेरेशन लिमिटेडका अध्यक्ष लक्ष्मीदास मानन्धरले सार्वजनिक निजी साझेदारीको नमूनाको रुपमा काम गर्दै आएको यो संस्था विभिन्न चुनौती एवं समस्याका बाबजुदर एउटा सुनौलो इतिहास निर्माण गर्न सफल भएको बताए । उनले भने– कर्पोरेशनले नेपाल सरकारको नीति निर्देशनलाई पूर्णरुपमा पालना गरी बजारम दैनिक उपभोग्य वस्तुको कमी हुन नदिन हर प्रयासले आपूर्तिलाई सहज बनाउँदै आएको छ ।
कर्पोरेशनका प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले ६ महिनासम्म नूनको स्टक रहेको बताउँदै साल्ट ट्रेडिङ स्थापनाकालदेखि नै जनताको सेवामा समर्पित भएको बताइन् । उनले नजिकिदै गरेको दशैं, तिहार छठजस्ता पर्वहरुलाई ध्यानमा राखेर साल्ट ट्रेडिङले उपभोक्ताका लागि विगत वर्षहरुमा झैं सहुलियत मूल्यमा खाद्यान्न लगायतका विभिन्न सामाग्रीहरु उपलब्ध गराउने बताइन् । ५६ औं वार्षिकोत्सव कार्यक्रममा रामजी अधिकारी मानव सेवा आश्रम, रश्मी श्रेष्ठ, पंकज जोशी, केशवमान श्रेष्ठ, बद्री महर्जनलाई पुरस्कृत गरिएको थियो भने एसईई परीक्षामा बढी अंक ल्याउने कर्मचारीका छोरा विवेक प्रसाई र श्रद्धा महर्जनलाई छात्रवृत्ति प्रदान गरिएको थियो । (ठोक्शिला दर्पण साप्ताहिकबाट)

प्रकाशित समय ११:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Prabhu_Bank20240424-WA0010