धर्मगुरु रामबहादुर बम्जनद्वारा आफ्नै अनुयायीमाथि बलात्कार !

ललितपुर । पछिल्लो समय निकै चर्चामा रहेका धर्मगुरु रामबहादुर बम्जनले आफ्नै एक अनुयायीलाई यौन दूव्र्यवहार गरेको पीडितले बताएकी छिन् । सञ्चारकर्मीहरुसँग कुरा गर्दै अठार वर्षीया पीडित युवतीले भनिन्– ‘गुरुले मलाई पटक–पटक यौन दुव्र्यवहार गर्नुभयो । शुरुमा चाहिं मलाई चेक गरेको होला भन्ने ठानें, तर दिनप्रतिदिन त्यस्तो व्यवहार बढ्दै गयो ।’ पीडित युवतीले एकपटक भने धर्मगुरु बम्जनले आफूलाई जबर्जस्ती बलात्कार गरेको बताइन् । उनले आफूजस्तै थुपै्र अनुयायीहरु धर्मगुरु बम्जनबाट पीडित भएको समेत जनाइन् । उनले आफूले यसरी यौन दुव्र्यवहार सहेर बस्नुभन्दा बरु धर्म नै त्यागेर सादा जीवन जिउने वाचा गरी उनको क्रियाकलापको भण्डाफोर गर्न पत्रकार सम्मेलन गर्न बाध्य भएको बताइन् । उनले सञ्चारकर्मीहरुमाझ भनिन्– ‘म जस्तै अरु धेरैमाथि यौन दूव्र्यवहार नहोस् भन्ने मेरो भनाई हो । अब म कानूनी लडाई लड्छु ।’
पीडित युवतीले आफूले न्याय नपाउने स्थिति आएपछि आत्महत्याको बाटो रोज्दासमेत अरुले बचाएको बताइन् । बम्जन पक्षीय अनुयायी कमानसिंह लामाले भने ती युवतीले धर्मगुरुको रकम चोरी गरेपछि त्यहाँबाट निकालेर परिवारको जिम्मा लगाएको आरोप लगाएका छन् ।
प्रकाशित समय १९:१४ बजे