V3-NCD-Screening-month-Advertisment
NIMB Add_1100x110

सन नेपाल लाइफद्वारा तीन लाख रुपैयाँ मृत्युदावी भुक्तानी

भैरहवा । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एक बीमकका परिवारलाई तीन लाख मृत्युदावी भुक्तानी गरेको छ । भैरहवामा आयोजित एक समारोहबीच मृत्युदावी भुक्तानी गरिएको हो । २०७४ पौष ९ गते प्रथम बिमा शुल्क रु.२० हजार ३ सय ३३ जम्मा गरी यस कम्पनीमा बीमा गराएका बिमित नवराज भट्टराईको २०७५ असार १५ गते कालगतीले मृत्यु भएकोे हुनाले मृतकको श्रीमती देउकुमारी शर्मा न्यौपानेलाई बिमाङ्क बराबरको रकम ३ लाखको एक समारोहका बीच कम्पनीका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले हस्तान्तरण गरेका थिए । उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले जीवन बीमाको महत्वबारे प्रकाश पारेका थिए ।

प्रकाशित समय २२:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Prabhu_Bank20240424-WA0010