Nabil add_1100x100
GIBL 1000 x 100

गायिका टीकाको तिजगीत ‘चिलायो’ बजारमा

गायिका टीका तारामी मगरले ‘चिलायो’ नयाँ तीज गीत बजारमा ल्याएकी छिन् । उनले आफ्नै युटुब च्यानलमार्फत ‘चिलायो’ तीज गीत बजारमा ल्याएकी हुन् । पछिल्लो समय स्टेज कार्यक्रममा निकै व्यस्त गायिका टीकाले गतवर्ष ‘बाच्छीले धान खायो’ बोलको झ्याउरे तीज गीत ल्याएर चर्चा बटुलेकी थिइन् । चिलायो वोलको नयाँ गीतमा गायक सुनिल बीसी र गायिका टीका तारामी मगरको स्वर रहेको छ भने शब्द र संगीत गायक सुनिल बिसी आफैंले गरेका छन् । गीतको संगीत संयोजन भने कृष्ण बिकले गरेका छन् । मोडल तथा गायक प्रकाश सपुत र पार्वती राईको अभिनय रहेको यस गीतलाई निर्देशक मौसम हिमालीले निर्देशन गरेका हुन् भने छायांकन दुर्गा पौडेलले गरेका छन् ।

प्रकाशित समय २३:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु