1100×100 Nabil Advert

सेञ्चुरी बैंकको एटिएम सनराइज टावरमा

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ललितपुरको धोबिघाटस्थित सनराइज टावरमा एटिएम सेवा सञ्चालनमा ल्याएको छ । बैंकका अनुसार ग्राहक वर्गको सेवामा थप विस्तार गर्ने उद्देश्यले सो एटिएम सेवा सञ्चालनमा ल्याएकोे हो । बैंक सञ्चालक समितिका सदस्य राजेशराज दली र सनराइज टावर सोसाइटीका अध्यक्ष सुवर्णबहादुर क्षेत्रीले सो एटिएमको संयुक्त रुपमा उद्घाटन गरे । सो सहित कूल ५१ वटा एटिएमबाट बैंकले सेवा प्रदान गर्न शुरु गरेको छ । बैंकले काठमाडौं उपत्यकामा १२ शाखाहरु र ६ वटा एक्स्टेन्सन काउन्टरहरु र उपत्यका बाहिर ९१ शाखाहरु र २ वटा एक्स्टेन्सन काउन्टरहरु साथै १० वटा शाखारहित बैंकिङ्ग गरी जम्मा १२१ स्थानबाट कारोबार सञ्चालन गरिरहेको जनाएको छ ।

प्रकाशित समय २२:१३ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु