1100×100 Nabil Advert

मधेश प्रदेशमा अर्थमन्त्रीसँग नाडाले राख्यो तीन प्रस्ताव

जनकपुरधाम । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको एक प्रतिनिधिमण्डलले मधेश प्रदेशका नयाँ अर्थमन्त्री युवराज भट्टराईसँग भेटवार्र्ता गर्‍यो । अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा नाडा प्रतिनिधिमण्डलले अटोमोटिभ क्षेत्रलाई प्रादेशिक संरचनाको अभिन्न अंगको रूपमा प्रस्तुत गर्दै यो क्षेत्रले कूल सरकारी राजस्वमा २० प्रतिशतभन्दा बढी योगदान दिएको र देशभर १ लाख प्रत्यक्ष र १० लाख अप्रत्यक्ष रोजगारी उपलब्ध गराएको जानकारी गरायो ।

 

सो छलफलमा नाडाले तीन प्राथमिकता अगाडि राखेको थियो- दर्ता शुल्क र मूल्य अभिवृद्धि कर संरचनामा बहुवर्षीय स्पष्टता, माध्यमिक शहरमा डीलरशिपलाई विद्युतीय सवारी चार्जिङ केन्द्रको रूपमा विकास गर्न संयुक्त कार्यदल गठन र विद्युतीय सवारी संक्रमणका लागि सेवा प्राविधिक पुनः तालिममा प्रादेशिक समर्थन ।

 

सो अवसरमा ‘हामी कर छुट माग गरिरहेका छैनौं- हामी स्पष्टता माग गर्दैछौं,’ अध्यक्ष उप्रेतीले भने । ‘दुई वर्षको लागत संरचना जानेको डिलरले ग्रामीण सेवा केन्द्रमा लगानी गर्न र प्राविधिक नियुक्त गर्न सक्छ । तर अर्को महिनाको कर दायित्वमा अन्योल भएको डीलरले वृद्धिमा प्रतिबद्धता गर्न सक्दैन । सोही सिलसिलामा नाडाले अर्थ मन्त्रालयसँग नियमित संवादको माध्यम स्थापना गर्न प्रस्ताव राखेको थियो ।

 

मधेश प्रदेश अर्थमन्त्री भट्टराईले मधेश प्रदेशमा लगानीको वातावरण सुदृढ गर्न र निजी क्षेत्रको लगानी बढाउन नाडा प्रतिनिधिमण्डलसँग आग्रह गर्दै प्रदेशको आर्थिक विकासमा निजी क्षेत्रको सक्रिय सहभागिता अपरिहार्य रहेको बताउनुभयो । सो छलफलमा प्रदेशका श्रम तथा यातायातमन्त्री शारदा देवी थापा तथा राजश्व अधिकृत जयकुमार राउत समेतको उपस्थिति रहेको थियो । त्यसैगरी नाडाको तर्फबाट निवर्तमान अध्यक्ष करण चौधरी, नाडाका विशिष्ठ सल्लाहकार राजनबाबु श्रेष्ठ तथा महासचिव मिलनबाबु मल्लसमेतको सहभागिता रहेको थियो ।

प्रकाशित समय ०८:२० बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु