1100×100 Nabil Advert

चन्द्रागिरिमा महाशिवरात्री विशेष भजन-कीर्तन उत्सवको तयारी तीव्र

काठमाडौं । भालेश्वर महादेव मन्दिर, चन्द्रागिरिमा महाशिवरात्रीको पावन अवसरलाई लक्षित गर्दै विशेष अनुष्ठान तथा पोखराको युवा भजन समूहसहितको महाशिवरात्री विशेष भजन-कीर्तन उत्सवका लागि मन्दिर परिसरमा साजसज्जा तथा तयारी तीव्र रुपमा भइरहेको छ।

भोलि महाशिवरात्रीमा रुद्राभिषेक, पाञ्चायन पूजा, मध्याह्न आरती, भजन-कीर्तन उत्सव तथा महा आरती लगायतका धार्मिक कार्यक्रमहरू सञ्चालन गरिने भएको छ । कार्यक्रममा सहभागी भई भक्तजनहरूले प्रसाद तथा भगवान् भालेश्वर महादेवको आशिर्वाद ग्रहण गर्न सक्नेछन् ।

प्रकाशित समय १०:५० बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु