एन आई सी एशिया बैंकको संचालक समितिको अध्यक्षमा अशोक कुमार अग्रवाल नियुक्त
कठमाडौं । नेपालको बैंक तथा वित्तीय क्षेत्रमा लामो अनुभव संगाल्नु भएका अशोक कुमार अग्रवाल यस बैंकको अध्यक्ष पदमा नियुक्त हुनुभएको छ । बैंकको सञ्चालक समितिको ७४४ औं बैठकले उक्त पदमा नियुक्त गरेको हो । नवनियुक्त अध्यक्ष अशोक कुमार अग्रवालले नेपाल राष्ट्र बैंकका गर्भनर प्रा.डा. विश्वनाथ पौडेलबाट पद तथा गोपनियताको सपथ ग्रहण लिनुभएको छ ।
बैंकको अध्यक्ष जस्तो गरिमामय पदमा नियुक्त वहाँले नेपालको बैंक, वित्तीय क्षेत्र, बीमा तथा कर्पोरेट क्षेत्रमा लामो अनुभव हासिल गर्नुका साथै सफल नेतृत्व गर्दै मुलुकको आर्थिक विकासमा विशेष योगदान पु¥याउनु भएको छ । उच्च नेतृत्वदायी क्षमता, दूरदृष्टि र स्पष्ट रणनीतिका साथ दीर्घकालिन योजनामा विश्वास राख्नुहुने वहाँको कार्यकालमा बैंकले महत्वपूर्ण उपलब्धिहरु हासिल गर्नुका साथै बैंकले सफलताको थप उचाई प्राप्त गर्नुको साथै बैंकलाई प्रतिष्ठाको नयाँ शिखरमा पु¥याउने दृढ विश्वास लिएको छ ।
प्रकाशित समय १६:२८ बजे





















