1100×100 Nabil Advert

मानव सभ्यताको संवाहक अरबी भाषा

अन्तर्राष्ट्रिय अरबी भाषा दिवस केवल एक भाषिक उत्सव मात्र होइन, यो सभ्यता, पहिचान, मूल्य र मानव गरिमाको उत्सव हो । अरबी भाषा विगतको गौरव, वर्तमानको शक्ति र भविष्यको सम्भावनाको प्रतिनिधित्व गर्ने विश्वव्यापी भाषा हो । जसले गर्दा संयुक्त राष्ट्रसंघले सन् २०१२ मा प्रत्येक वर्ष डिसेम्बर १८ लाई अन्तर्राष्ट्रिय अरबी भाषा दिवस का रूपमा मनाउने निर्णय गरेको हो ।

 

यस मितिको विशेष महत्व यस कारण पनि छ कि सन् १९७३ को डिसेम्बर १८ मा संयुक्त राष्ट्रसंघको महासभाले अरबी भाषालाई आधिकारिक तथा कार्यकारी भाषा को मान्यता दिएको थियो।अरबी भाषा इस्लामिक सभ्यता, अरब विश्व, तथा विश्वव्यापी सांस्कृतिक सम्पदासँग गहिरो रूपमा जोडिएको भाषा हो। यही ऐतिहासिक योगदानको सम्मानस्वरूप यो दिवस स्थापना गरिएको हो । यो दिवस संयुक्त राष्ट्रसंघ को पहलमा हरेक वर्ष मनाइदै आएको छ। यस दिवसले अरबी भाषालाई केवल सञ्चारको साधन मात्र नभई सभ्यता, संस्कृति, ज्ञान र पहिचानको वाहक का रूपमा चिनाउँछ।

 

अरबी भाषा इमानदारी, पारदर्शिता र सांस्कृतिक पहिचानको संरक्षण प्रवर्द्धन गर्ने मूल आधार भएको हुनाले यसको नैतिक मूल्यहरू भाषा र संस्कृतिबाट अलग हुन सक्दैनन् । यो भाषा विश्वब्यापी पनि रहेको छ । अरबी भाषा २२ वटा देशहरूको आधिकारिक भाषा हो । जुन देशहरू अरब लिगका सदस्य राष्ट्रहरू हुन्, जस्तैः साउदी अरब, कतार, संयुक्त अरब इमिरेट्स, कुवेत, ओमान, बहराइन, इजिप्ट, जोर्डन, लेबनान, सिरिया, इराक, यमन, सुडान, लिबिया, ट्युनिसिया, अल्जेरिया, मोरक्को, माउरिटानिया, सोमालिया, जिबुटी, कोमोरोस र प्यालेस्टाइन । यी देशहरुमा आधिकारिक रूपमा अरबी भाषा बोलिन्छ । यसैगरी यी देशहरुमा अरबी लाई मानिसले मातृभाषाको रूपमा बोल्छन् ।जसको संख्या करिब ३० करोडदेखि ३२ करोड रहेको पाइन्छ । यतिमात्र होइन संसारका अन्य मुलुलहरुमा पनि अरबी भाषा बोल्ने गरिन्छ जहाँ धार्मिक, शैक्षिक र व्यावसायिक कारणले अरबी दोस्रो भाषाका रूपमा प्रयोग गर्नेहरूको संख्या पनि उच्च रहेको छ । यो सबैलाई जोड्दा
४२ करोडदेखि ४५ करोड मानिस संसारभर अरबी भाषा बोल्छ्न । यस आधारमा अरबी भाषाविश्वको पाँचौँ सबैभन्दा धेरै बोलिने भाषामा पदर्छ । जसका कारण अरबी भाषा संयुक्त राष्ट्रसंघको ६ आधिकारिक भाषामध्ये एक प्रमुख भाषा बन्न पुगेको छ ।

 

ऐतिहासिकरूपमा अरबी भाषालाई विज्ञान, दर्शन, चिकित्सा,धार्मिक शिक्षा र अन्तर्राष्ट्रिय सम्पर्कको माध्यम र साहित्यको भाषा भनेर पनि यसलाई चिनिन्छ । अरबी भाषा साहित्य कविता, दर्शन, इतिहास, कथा र आधुनिक विचारधाराको विशाल खजाना भएको कारण यसले विश्व साहित्यलाई गहिरो प्रभावमा पारेको छ । मलाई धेरै नेपाली साथीभाइहरुले सोध्ने गर्छन कि रमजान सर ! के विश्वभर बोलिने अरबी भाषा एउटै होत ! किनभने हामी जहाँ कार्यरत छौं त्यहाँ हामीले केहि फरक भिन्नता पाएका छौं । यसको उत्तरको रुपमा म यति भन्न चाहन्छु कि अरबी भाषा एउटा विशाल भाषा भएको कारण अरबी भाषा एउटै भए पनि दैनिक बोलचालमा क्षेत्रअनुसार फरक-फरक उपभाषा प्रयोग हुन्छन् । यी उपभाषाहरूलाई मुख्यतः ५ समूहमा वर्गीकरण गरिन्छः

 

पहिलो र अत्यन्तै प्रख्यात एवं बढी प्रयोगमा आउने र कला संस्कृत साहित्यिक पक्ष बोकेको खाडी अरबीलाई लिइन्छ । खाडी अरबी बोलिने देशहरुमा कतार, साउदी अरब (पूर्वी भाग), कुवेत, यूएई, बहराइन, ओमान खाडी संस्कृतिसँग नजिक भएको कारण यहाँ बोलिने भाषामा निकटता र समानता पाइन्छ ।

 

दोस्रो मिस्री अरबी हो । यो उपभाषा इजिप्टमा बोलिन्छ । यसको विशेषता भनेको यो अरब संसारमा सबैभन्दा धेरै बुझिने भाषाको रुपमा रहेको छ । मिस्री अरबी चलचित्र, टेलिभिजन र गीत-संगीतका कारण लोकप्रिय पनि प्रख्यात र लोकप्रिय रहेको छ । इजिप्ट (मिस्र) का अरबी भाषाका प्राचीनरशास्त्रीय साहित्यकारहरूलाई हामीले यसरी स्मरण गर्न सक्छौं । अल-कादी अल-फादिल, रसाइल अल-कादी अल-फादिल, सलाहुदिन अय्यूबीका मुख्य सचिव, उच्चस्तरीय अरबी गद्यका प्रवर्तकको इतिहास पनि मिस्र इजिप्ट मै पाइन्छ ।

 

इमाम अल-शाफेई उनको जन्मस् गज्जामा भएता पनि निधन भने इजिप्टमा भएको थियो । उनको प्रमुख कृतिस् अल-उम्म हो । उनी धार्मिक विद्वानमात्र नभई उच्चकोटिको अरबी कवि र गद्य लेखक हुन । इब्न खल्दून उनी ट्युनिसियामा जन्मिएका हुन तर निधन भने काइरोमा भएको हो । उनको प्रमुख कृति अल-मुकद्दिमा अरबी साहित्यको स्तम्भ नै मानिन्छ । काइरोमा अध्यापन, लेखन र निधन-मिस्रको बौद्धिक इतिहाससँग गहिरो सम्बन्ध रहेका उनको सेवा सदैव स्मरणीय रहेको छ ।

 

शारेह बुखारी उपनामले प्रख्यात इब्न हज्र अल-असकलानी : असकलानमा जन्मिएका थिए तथापि उनको कार्यक्षेत्रस् काइरो नै रहयो । उनको प्रमुख र प्रख्यात कृति फत्अहुल (बारी शर्ह बुखारी हो।उच्चस्तरीय अरबी गद्य र इस्लामिक साहित्यका स्तम्भ मानिने इब्न अल हज्र अस्कलानी गज्जबका बिद्धान थिए ।

 

संक्षेपमा हेर्दा :
इमाम अल-शाफेई ८-९ औँ शताब्दी कविता, धर्म
अल-कादी अल-फादिल १२ औँ शताब्दी गद्य
अल-मक्रीजी १४-१५ औँ शताब्दी इतिहास
इब्न खल्दून १४ औँ शताब्दी समाजशास्त्रमा अतुलनीय योगदान गर्ने साहियकार हुन् । यहाँ अरबी साहित्यका महारथीहरूलाई युग अनुसार पनि हामी स्मरण गर्न सक्छौं जस्तै :

 

शास्त्रीय (प्राचीन) अरबी साहित्यका महारथीहरूमा हामीले इमरुउल क़ैसलाई सम्झिन सक्छौ ।उनको युग स्लामपूर्व रहेको छ भने उनि अरबी कविताका जनक मानिन्छन् । उनको कृति मुअल्लक़ात (स्वर्ण कवितासङ्ग्रह) अत्यन्तै प्रख्यात छ । अल-मुतानब्बीलाई नचिन्ने को होला ।
उनको युग १० औँ शताब्दी हो । उनलाई महान अरबी कवि भनेर सम्बोधन गरिन्छ।
उनको कृतिदीवान अल-मुतानब्बी इस्लामी पाढ्यक्रमको अभिन्न अङ्ग नै हो । मैले पनि यो पुस्तक पटक पटक अध्ययन गर्ने अवसर पाएको छु ।

उनैको एउटा सानो कविताको अंश:

أنا الذي نظرَ الأعمى إلى أدبي
وأسمعت كلماتي من به صَمَمُ

नेपाली भावानुवाद

म त त्यही हुँ जसको साहित्यले अन्धालाई दृष्टि दिन्छ,
र मेरो शब्दले सुन्न नसक्ने व्यक्तिलाई पनि सुनाउँछ ।

भावार्थ

मानिसको आत्मसम्मान, प्रतिभा र मूल्य माथि आधारित
कविता हो।

अल-मुतानब्बी भन्छन् कि सच्चा सम्मान र गौरव बाह्य अवस्थाले होइन, मानवको योग्यता र चरित्रले निर्धारण गर्छ । यसले व्यक्तित्व, सम्मान र भाषाको शक्ति लाई जोड दिएको छ ।

अल-जाहिज उनको सादा जीवन नै साहित्यअनुरागी र कलाका पारखीको निम्ति मार्गदर्शनको रुपमा रहेको छ । उनको युग ९ औँ शताब्दी हो उनी अरबी गद्यका पिता मानिन्छन् । अन्य कृति सहित उनको कृति किताब अल-हयवान निक्कै रोचक रहेको छ ।

अरबी साहित्यको इतिहासमा अबु नुवास पनि महान नाम हो । उनको युगस् ८-९ औँ शताब्दी हो।नवप्रयोगात्मक कविता र उनको कृति दीवान अबु नुवासको अरबी साहित्यको बिकासमा ठुलो योगदान रहेको छ ।

 

अल-मआर्री : उनको युग ११ औँ शताब्दी हो भने उनलाई दार्शनिक कविको रुपमा स्मरण गरिन्छ ।उनको कृतिस् रसालत अल-गुफ्रान गज्जबकै छ । इब्न खुल्दून महान साहित्यकार तथा इतिहासकार । उनको नाम लिंदै मनमा श्रद्धाभावले ओतप्रोत हुन्छु । संसारमा यस्ता मानिसको पनि जन्म हुँदो रहेछ । उनको युगस् १४ औँ शताब्दी हो । समाजशास्त्रका जनक इब्ने खुल्दुनका कृति मध्ये अल-मुकद्दिमा अनौठो कृति मानिन्छ । यसैगरी आधुनिक अरबी साहित्यका महारथीहरूमा नोबेल पुरस्कार बिजेता नजीब महफुज पनि हुन् । उनका कृतिहरूमा काइरो ट्रिलोजी प्रख्यात छ ।

इजिप्टका ताहा हुसेन आधुनिक आलोचना र आत्मकथाका महारथी नै हुन् । उमको कृतिस् अल-ऐय्याम प्रख्यात छ ।

लेवनानी साहित्यकार जिब्रान खलिल जिब्रानलाई नचिन्न्ने र उनको नाम नसुनेको को होला ररुउनी विश्वव्यापी दार्शनिक साहित्यकार हुन् । उनको कृतिस्ले विश्वभर तहल्का नै पिटेको छ । उनको जीवनगाथा पनि अचम्मै को रहेको छ । साहित्यको मजा र स्वाद लिन साहित्य अनुरागीहरुले उनलाई पढ्नै पर्छ ।

महमुद दरविश : उनि समकालीन कविताका शिखर भनेर चिनिन्छन् । उनको कृति Why Did You Leave the Horse Alone ? वाह के भन्ने ।

घस्सान कन्फानी : प्रतिरोध साहित्यका महान हस्ती नै हुन् । उनको कृति Men in the Sun को कुनै ब्याख्या नै छैन ।

अरबी साहित्यका यी महारथीहरूले कविता, गद्य, दर्शन, इतिहास र आधुनिक चेतनाको आधार निर्माण गरेका छन् । उनीहरूको योगदानले अरबी साहित्यलाई विश्वस्तरीय बनाएको छ। तेस्रो उपभाषाको रुपमा Levantine Arabic लाई लिन सकिन्छ । जुन मध्यपुर्वको जोर्डन, लेबनान, सिरिया, प्यालेस्टाइन आदि देशहरुमा बोलिन्छ । यसको विशेषता भनेको यो सरल उच्चारण हुन्छ ।मिडिया र संवादमा व्यापक प्रयोग भएको पाइन्छ ।

यसैगरी मग्रेबी अरबी पनि प्रख्यात उपभाषा मानिन्छ । यो मोरक्को, अल्जेरिया, ट्युनिसिया, लिबिया, माउरिटानिया जस्ता देशहरुमा बोलिन्छ । यद्यपि यसमा फ्रेन्च र बर्बर भाषाको प्रभाव रहेको पाइन्छ।त्यसैगरी अन्य अरबी उपभाषाभन्दा फरक सुनिन्छ ।

यमन अरबी कला संस्कृति र साहित्यको संङ्गम स्थलको रुपमा रहेको हुनाले यहाँ बोलिने इराकी र यमनी अरबी पनि शिष्ट भाषाको रुपमा चिनिन्छ । यो उपभाषा इराक, यमन लगायतका क्षेत्रमा बोलिन्छ । यसमा पुरातन अरबी संरचनाको प्रभाव देखिन्छ भने उच्चारण र शब्दावली पनि विशिष्ट रहेको पाइन्छ ।

 

शुद्ध अरबी भाषा :

आधुनिक मानक अरबी : यो उपभाषा समाचार, शिक्षा, सरकारी कामकाजमा प्रयोग हुन्छ र यो सबै अरबी देशमा समानरूपमा बुझिने भाषा पनि हो । मानक अरबी औपचारिक र अन्तर्राष्ट्रिय प्रयोगका लागि पनि व्यापक प्रयोग हुने गरेको छ । यसको मुख्य कारण भनेको यो कुरआनिक अरबीसँग अत्यन्तै निकट रहेको छ । संक्षेपमा भन्नू पर्दा उपभाषा दैनिक जीवनका लागि महत्त्वपूर्ण पनि देखिन्छ । जसको आफ्नै विषेशता रहेको छ ।

 

अरबी भाषा दिवसको उद्देश्य : अरबी भाषाको विश्वव्यापी महत्व उजागर गर्नु, भाषिक तथा सांस्कृतिक विविधताको संरक्षण, इस्लामिक सभ्यता र अरबी संस्कृतिको सम्मान, अन्तर्राष्ट्रिय संवाद र आपसी समझदारी प्रवर्द्धन, नयाँ पुस्तामा अरबी भाषा सिक्न प्रेरणा दिनु रहेको छ।

 

अन्तर्राष्ट्रिय अरबी भाषा दिवस

इतिहास (इतिहासिक पृष्ठभूमि)मा पनि अन्तर्राष्ट्रिय दिवसहरु माझ महत्त्वपूर्ण दिवसको रुपमा रहेको छ र यसको आफ्नै महत्त्व रहेको छ । भाषिक विविधताको संरक्षणमा अरबी भाषा विश्वका प्रमुख भाषामध्ये एक हो । यस दिवसले भाषिक विविधता, बहुसांस्कृतिक सहअस्तित्व र आपसी सम्मानको सन्देश प्रवाह गर्दछ । यसैगरी यसले सांस्कृतिक पहिचानको संरक्षण गरेको छ ।

 

अरबी भाषा अरब समाजको संस्कृति, परम्परा, साहित्य र इतिहासको आधारस्तम्भ हो । यसले सांस्कृतिक पहिचानलाई जोगाउन महत्वपूर्ण भूमिका खेल्दछ । अन्तर्राष्ट्रिय संवाद र कूटनीतिमा संयुक्त राष्ट्रसंघ र अन्य अन्तर्राष्ट्रिय संस्थाहरूमा अरबी भाषाको प्रयोगले अरब विश्वको आवाजलाई विश्वमञ्चमा सशक्त बनाएको छ । शिक्षा, अनुसन्धान र ज्ञान हस्तान्तरण पनि अरबी भाषाले गणित, खगोलशास्त्र, चिकित्सा, दर्शन र साहित्य जस्ता क्षेत्रमा ऐतिहासिक योगदान दिएको छ । यस दिवसले ज्ञानको निरन्तर प्रवाहलाई प्रोत्साहन गर्छ।युवा पुस्तामा चेतना प्रवाह गर्ने समेत अरबी भाषाको महत्वबारे नयाँ पुस्तामा चेतना फैलाउनु यस दिवसको प्रमुख उद्देश्य हो । अरबी भाषाको भूमिका हाम्रो जीवनको धेरै क्षेत्रमा देख्न सकिन्छ। जस्तै धार्मिक लगायत निम्न भूमिका पाउन सकिन्छ ।

 

अरबी भाषा पवित्र कुरआन को भाषा हो । इस्लामिक शिक्षाहरू, हदीस र फिक्हको मूल भाषा भएकाले यसको धार्मिक महत्व अत्यन्त उच्च छ ।

 

नैतिक मूल्य र सामाजिक चेतना : अरबी भाषाको स्पष्टता, अर्थको गहिराइ र भाषिक शुद्धताले सत्यता, इमानदारी, उत्तरदायित्व र न्यायजस्ता मूल्यहरू प्रवर्द्धन गर्छ ।

 

सांस्कृतिक सेतु : अरबी भाषा पूर्व र पश्चिमबीच सांस्कृतिक तथा बौद्धिक आदानप्रदानको माध्यम बनेको छ ।

 

राष्ट्रिय पहिचान र एकता : अरबी भाषाले अरब राष्ट्रहरूको राष्ट्रिय पहिचान, सामाजिक एकता र ऐतिहासिक निरन्तरता सुनिश्चित गर्छ ।

आधुनिक युगमा भूमिका : आज अरबी भाषा मिडिया, प्रविधि, शिक्षा, कूटनीति, व्यापार र अन्तर्राष्ट्रिय सम्बन्धमा सक्रिय रूपमा प्रयोग भइरहेको छ।

 

अन्ततः अन्तर्राष्ट्रिय अरबी भाषा दिवस केवल एक भाषिक उत्सव मात्र होइन, यो सभ्यता, पहिचान, मूल्य र मानव गरिमाको उत्सव हो । अरबी भाषा विगतको गौरव, वर्तमानको शक्ति र भविष्यको सम्भावनाको प्रतिनिधित्व गर्ने विश्वव्यापी भाषा हो।अरबी भाषा केवल सञ्चारको माध्यम मात्र नभई संस्कृति वहन गर्ने साधन, मूल्यहरूको भण्डार तथा सामाजिक चेतना अभिवृद्धि गर्ने प्रभावकारी उपकरण समेत हो । अरबी भाषामा निहित अर्थको शुद्धता र उच्च भाषिक संरचनाले सत्यनिष्ठा, विश्वासयोग्यता र उत्तरदायित्वका सिद्धान्तहरू सुदृढ बनाउने तथा शब्दहरूको विकृति र दुरुपयोगबाट जोगाउने कार्यमा मद्दत गर्दछ । न्यायपुर्ण र पारदर्शी समाज निर्माणमा सहयोग पुर्‍याउन यसको भूमिका उच्च रहेको छ।अरबी भाषालाई संवादको सेतु, सांस्कृतिक मञ्च र मानवीय गरिमा संरक्षण गर्ने माध्यमका रूपमा व्याख्या गरिन्छ ।

 

कतार र अरबी भाषा दिवस : कतारमा अन्तर्राष्ट्रिय अरबी भाषा दिवस र कतारको राष्ट्रिय दिवस ९डिसेम्बर १८० सँगै पर्नु विशेष अर्थपूर्ण मानिन्छ । यसले भाषा, राष्ट्रिय पहिचान र मानव गरिमाको सम्बन्धलाई झनै बलियो बनाउँछ । विश्व अरबी भाषा दिवस र कतार राष्ट्रिय दिवस एकै दिन पर्नु गहिरो प्रतीकात्मक अर्थ बोकेको नै भन्नू पर्दछ । अरबी भाषा दिवस केवल एउटा भाषिक उत्सव होइन, यो पहिचान, सभ्यता, नैतिक मूल्य र विश्व संवादको उत्सव हो ।

प्रकाशित समय १२:५५ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु