1100×100 Nabil Advert

नेपाल एसबिआई बैंकद्वारा कैलाश डाँडामा वृक्षारोपण

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले पशुपति मन्दिर परिसर काठमाडौंमा वृक्षारोपण कार्यक्रम आयोजना गरेको थियो । सो अवसरमा नेपाल एसबिआई बैंकका अध्यक्ष वेंकट वंसीधर कुंचाद्वारा पशुपति मन्दिर परिसरमा रहेको कैलाश डाँडामा वृक्षारोपणको शुभारम्भ गरिएको थियो ।

 

उक्त कार्यक्रममा नेपाल एसबिआई बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृ रामकुमार तिवारी, सञ्चालक रितेश सिन्हा, नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सञ्चालन अधिकृत विकास आनन्द, प्रमुख वित्तिय अधिकृत राजेश कुमार पंडा तथा बैंकका अन्य पदाधिकारीहरुको सहभागिता रहेको थियो । बैंकले यस पशुपति मन्दिर परिसरमा यस प्रकारका सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रमहरू समय-समयमा गर्दै आएको छ ।

 

नेपाल एसबिआई बैंकले विगत ३२ वर्षदेखि बैकिङ सेवा प्रदान गर्दै आइरहेकोे छ । हाल बैंकका १०१ शाखा, २२ एक्स्टेन्सन काउन्टर, २० शाखारहीत बैंकिङ, ७ प्रादेशिक कार्यालय, १२७ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।

प्रकाशित समय १७:२८ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु