1100×100 Nabil Advert

एन आई सी एशिया बैंकका ग्राहकलाई स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलमा उपचार गर्दा विशेष छुट

काठमाडौं । एन आई सी एशिया बैंकका ग्राहक महानुभावहरुलाई स्वास्थ्य उपचार गर्दा स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलमा स्वास्थ्य उपचार गर्दा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा हस्पिटल र बैंकबीच सम्झौता सम्पन्न भएको छ । यस समझदारीसँगै यस बैंकका ग्राहक महानुभावहरुले धनगढी, कैलालीमा रहेको उक्त हस्पिटलमा स्वास्थ्य उपचार गरी डिजिटल भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नुहुनेछ ।

 

यस बैंकका ग्राहक महानुभावहरुले उक्त हस्पिटलमा जेनेरल बेड हस्पिटल एडमिट, क्याबिन हस्पिटल एडमिट, आइसीयु बेड, भेन्टीलेटर, जेनेरल सर्जरी, अर्थोपेडिक, ज्ञाइकोलोजी, लाप्रास्कोफेक अपरेशन, प्याथोलोजी टेष्ट, भिडियो एक्सरे, एक्सरे इसीजी, इसीएचओ, टीएमएस, इन्डोस्कोपी र मेडिसिन जस्ता सेवा लिँदा उक्त छुट सुविधा उपयोग गर्न सक्नुहुनेछ ।

 

यस सुविधाको उपयोग गर्न ग्राहकहरुले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एप मार्फत भुक्तानी गर्नुपर्ने छ । उक्त हस्पिटलसँगको यस सहकार्यले ग्राहकहरुलाई स्वास्थ्य उपचारमा सहयोग हुनुको साथै, मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

प्रकाशित समय १७:१५ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु