एनएमबि बैंकका कर्मचारी र ग्राहकहरुलाई बुटवल हस्पिटलमा विशेष छुट
काठमाडौं । एनएमबि बैंकका कर्मचारी र ग्राहकहरुले बुटवल हस्पिटलबाट प्राप्त गर्ने सेवामा छुट प्राप्त गर्नेछ्न । एनएमबि बैंक र बुटवल स्थित बुटवल हस्पिटल प्रा.लि. बीच सम्पन्न भएको सम्झौता बमोजिम सो छुट प्रदान गर्न लागीएको हो ।
सम्झौता अनुसार एनएमबि बैंकका कर्मचारी-परिवार एवं ग्राहकहरुले हस्पिटलले प्रदान गर्ने सेवाहरुमा विशेष छुट पाउने छ्न । हस्पिटलले प्रदान गर्ने सेवाहरु बेड चार्ज, ल्याव टेस्ट, अप्रेसन चार्ज, युएसजि, इसिजि, इको, एक्सरे, फिजियोथ्रेरापी र मेडिसीनमा एनएमबि बैंकका कर्मचारी-परिवार र ग्राहकले ५ प्रतिशत देखि १५ प्रतिशत सम्म छुट पाउनेछन् । सम्झौताले बैंक कर्मचारी-परिवार तथा ग्राहकहरुलाई उपचारको क्रममा राहत हुने बैंकले विश्वास लिएको छ । सम्झौतामा एनएमबि बैंक लुम्बिनी प्रदेश प्रमुख शम्भुप्रसाद पराजुली र बुटवल हस्पिटल प्रा. लि. का अध्यक्ष चुन्नु प्रसाद पौडेलले संयुक्त रूपमा हस्ताक्षर गर्नुभएको छ ।
छुट पाउनको लागि एनएमबि बैंकको खाताबाट रकम भुक्तानी गर्नुपर्नेछ । भुक्तानीको लागि एनएमबि बैंकको, एटीएम क्रेडिट कार्ड, ईन्टरनेट बैकिङ्ग, मोबाइल बैकिङ्ग, कर्पोरेट पे, आइपिएस, क्यूआर कोड प्रयोग गर्नुपर्नेछ । एनएमबि बैंकले हाल देशभर २०२ शाखाहरु, १८७ एटीएमहरु र ९ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।
प्रकाशित समय १६:०२ बजे





















