नेपाल इन्भेष्टमेण्ट बैंकले राख्यो संस्थापक शेयर बिक्रीमा
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले पाँच जना संस्थापक शेयरधनीको नाममा रहेको १ लाख ३१ हजार २०४ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो। संस्थापक शेयर बेच्दा संस्थापक शेयरधनीलाई नै प्राथमिकता दिनुपर्ने भएकाले हाल यसमा बैंकका विद्यमान संस्थापक शेयरधनीले मात्रै आवेदन दिन सक्नेछन्।
यसका लागि ३५ दिनभित्र आफूले किन्न चाहेको शेयर विवरण खुलाएर काठमाडौंको लाजिम्पाटस्थित बैंकको शेयर शाखामा निवेदन दिनु पर्नेछ। तोकिएको म्यादभित्र निवेदन नपरेमा बाँकी रहेको शेयर सर्वसाधारणलाई बेच्न प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ।
प्रकाशित समय १२:१३ बजे




















