1100×100 Nabil Advert

भव्य बन्यो बक्स अफिस अन्तर्राष्ट्रिय इभेन्ट थाइल्याण्डदेखि श्रीलंकासम्म

काठमाडौं । बक्स अफिस इन्टरनेसनल ग्रुपको आयोजना तथा ग्लोबल एक्ट्रेस फेडेरेशन (विश्व कलाकार महासंघ)को सहकार्यमा थाइल्यान्ड, मलेसिया, सिंगापुर र श्रीलंकाको दुई हप्ताको अन्तर्राष्ट्रिय कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । वैशाखको १९ गते शुक्रबारदेखि शुरु भएको बक्स अफिस अन्तर्राष्ट्रिय इभेन्ट आयोजनामा नेपालबाट विभिन्न व्यक्तित्वहरु थाइल्यान्ड सिंगापुर, मलेसिया, ब्रुनाई र श्रीलंकाको कार्यक्रम आयोजनाको लागि टोली नेपालबाट त्यसतर्फ लागेको थियो ।

 

करिब दुई हप्ताको बसाइमा आयोजक संस्था बक्स अफिस इन्टरनेशनल ग्रुपले थाइल्यान्डको पतैयाको गोल्डेन बिच होटलमा विविध रचनात्मक कार्यक्रम तथा सम्मान कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ । बक्स अफिस इन्टरनेसनल ग्रुप तथा विश्व कलाकार महासंघ थाइल्यान्ड पतैया सेक्टरका आजीवन सदस्य विक्रम अधिकारीको संयोजकत्वमा पतैया कार्यक्रम भव्य रहेको थियो । त्यसैगरी थाइल्यान्डको अर्को पर्यटकीय शहर फिपी आइल्याण्डमा आयोजक संस्थाले करिब २८ मिटरको नेपालको राष्ट्रिय झन्डा फरफराउँदै फरक किसिमको साँस्कृतिक कार्यक्रम सम्पन्न गर्‍यो ।

संस्थाले फुकेटदेखि फिफी आइल्याण्डको करिब ५ घन्टाको पानीजहाजको यात्रामा भव्यरुपमा सम्पन्न भएको उक्त बक्स अफिस अन्तर्राष्ट्रिय इभेन्ट कार्यक्रम आयोजनामा विश्व कलाकार महासंघको आजीवन सदस्यबाट विभिन्न व्यक्तित्वहरुलाई पनि सम्मान गरेको छ । फिपी आइल्याण्डको कार्यक्रममा भारतीय जनता पार्टीका नेता तथा विभिन्न सामाजिक-धार्मिक व्यक्तित्वहरुको आथित्यतामा वरिष्ठ पत्रकार तथा अर्थप्रधान पत्रिका क्रसचेक मासिकका सम्पादक-प्रकाशक टंक कार्की, समाजसेवी तथा व्यवसायी रामशरण बानियाँ, मान बहादुर पुजु, निर्माता-कलाकार विश्वराम विष्ट, मोडल सन्ध्या दियाली लगायत थुप्रै व्यक्तित्वहरु सम्मानित हुनुभएको छ ।

थाइल्याण्डको महत्वपूर्ण पर्यटकीय शहरमा विविध कार्यक्रम आयोजनापछि बक्स अफिस इन्टरनेसनल ग्रुप तथा ग्लोबल एक्ट्रेस फेडेरेशनको जम्बो टोली सिंगापुर, मलेसिया, श्रीलंकाको विभिन्न शहरमा विभिन्न कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेर यो साता स्वदेश फर्केको कार्यक्रम संयोजक तथा संस्थाका अध्यक्ष आर के सुवेदीले बताए । अहिले आयोजक संस्था आफ्नो अर्को महत्वपूर्ण कार्यक्रम आयोजना नेसनल बक्स अफिस म्युजिक भिडियो अवार्ड तथा म्युजिक फुटबल कप २०८२ संस्करणको आयोजनामा जुटेको छ ।

 

यही जेठ २७ देखि ३१ गतेसम्म नेपाली गीत-संगीत बजारको बृहत् अवार्ड तथा एकमात्र म्युजिक फुटबल प्रतियोगिताको भव्य आयोजना हुँदैछ । नेसनल बक्स अफिस म्युजिक अवार्ड तथा म्युजिक फुटबल कपको भव्य आयोजनालगत्तै आयोजक संस्था बक्स अफिस इन्टरनेसनल ग्रुप तथा विश्व कलाकार महासंघले असार २० देखि २६ सम्म युएई र ओमानमा सप्ताहव्यापी कार्यक्रम आयोजना गर्ने तालिका सार्वजनिक गरेको छ । त्यसैगरी साउनको तेस्रो सातादेखि चीन, मकाउ, हङकङ र जापानको बृहत् कार्यक्रम आयोजनामा केन्द्रित रहेको कार्यक्रम संयोजक आर के सुवेदीले जानकारी दिएका छन् ।

प्रकाशित समय २१:३९ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु