वर्ष नायकमा बराल, नायिकामा अधिकारी
काठमाडौं । ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०८१ मा वर्ष नायक विजय बराल बन्न सफल भए भने वर्ष नायिका केकी अधिकारी घोषित भएकी छिन् । त्यसैगरी वर्ष निर्देशक मिलन चाम्स बने भने वर्ष नव अभिनेतामा समीर भट्ट र नायिकामा अन्जिला घोषणा भएकी छिन् । वर्ष अभिनेता विजय बराल आफ्नै समकालीन अभिनेता घरज्वाइँ र अञ्जिलामा उत्कृष्ट काम गरेका अभिनेता दयाहाङ राई र अर्को दाबेदार चलचित्र पुजार सार्कीका अभिनेता प्रदीप खड्कालाई व्यापारिक दृष्टिकोणमा धेरै पछाडि उछिन्दै वर्ष अभिनेताको हकदार भएका हुन् ।
चलचित्रको ब्यापारमा नपत्याउँदो इतिहास लेखेकोले नै उनलाई यो वर्षको वर्ष अभिनेता घोषणा गर्न कुनै लाज मान्नु पर्दैन । पूर्णबहादुरको सारंगी लगाएको दुई दिनमै हलबाट उतार्न लागेको चलचित्र थियो । निर्माण पक्षले अनेक जुक्ति लगाएर शुरुवाती टिकट किनेर शो थेगेर हुन्छ कि रोएर हुन्छ दह्रो मार्केटिङ गरेर बक्स अफिसमा यति लामो र दुर्लभ यात्रा तय गरेर नेपाली चलचित्र इतिहासमा अहिलेसम्मकै ऐतिहासिक इतिहास कायम गरेको छ ।
त्यसैगरी वर्ष अभिनेत्री केकी अधिकारीले डिग्रीमाइला पूर्णबहादुरको सारंगीकी नायिका अन्जना बराइली, दुःखीआत्मा चलचित्रको नायिका आँचल शर्मा र घरज्वाइँ चलचित्रको अभिनेत्री मिरुना मगरलाई पछार्दै आफ्नो एकल लडाइँमा बक्स अफिसमा कसैले नपत्याएको चलचित्र बोक्सीको घरले बजारमा उधुम मच्चाउन सफल भएकै कारण यो वर्षको वर्ष अभिनेत्रीको कुर्सी केकी अधिकारीलाई सुम्पेको हो । चलचित्र बोक्सीको घरले सिनेमा हलमा अरु चलचित्रले जस्तो उत्पात टिकट भने खासै किनेको थिएन ।
यो वर्षको वर्ष नवअभिनेता समीर भट्टले होस्टेल ३ को आशावादी अभिनेता कुल ब्वाइलाई सजिलै पछार्दै चलचित्र १२ गाउँबाट यो वर्षको उत्कृष्ट नव अभिनेता चुनिएका छन् । यो वर्षको नवनायक विधामा समीर भट्टबाहेक अरुको विकल्प छैन । १२ गाउँ चलचित्रले शुरुमा टिकटमात्रै किनेको थिएन, सिनेमा हल नै कब्जा गरेको थियो । दशैंको दर्शक अन्ततः विस्तारै विस्तारै हलमा ओइरो लागेको र सँगै रिलिज चलचित्र छक्कापञ्जाको दशैंको व्यापारको दबदबा तोडन इगोले नै यो चलचित्र अन्ततः बक्स अफिसमा अत्यधिक सफल रह्यो ।
त्यसैगरी वर्ष नवअभिनेत्री एञ्जिला तुम्बाफो सुब्बालाई यो घोषणा गर्दा सबै चकित हुनेछन्, किनभने एञ्जिला कुनै अभिनेत्री होइन, एउटा फुटबलरमात्रै हुन् । आफ्नै जिवनीको चलचित्र अञ्जिला चलचित्रमा कसैले नसोचेको राम्रो काममात्रै होइन, मार्मिक अभिनय गरेर एकजनालाई होइन, बजारमा आएका एकदर्जन नवनायिकालाई पछि छोडेको छिन् । एकमात्र प्रतिस्पर्धामा देखिएकी सबैले आशा गरेको, तर नचलेको एक्टर टेक वान कि नायिका दिव्या रायमाझीलाई सजिलै पाखा लगाउँदै आफ्नै बायोग्राफी चलचित्र अञ्जिलाबाट यो वर्षको उत्कृष्ट नवअभिनेत्री उनलाई घोषणा नगरेको हो । चलचित्र अञ्जिलाले शुरुमा टिकट पनि थोरबहुत किन्दै हल थेग्दै–थेग्दै अन्ततः दर्शक तानेरै छाड्न सफल रह्यो । यसै चलचित्रबाट यो वर्षको वर्ष निर्देशक मिलन चाम्सलाई घोषणा गरिएको छ उनलाई यसरी वर्ष निर्देशक घोषणा गर्दा एकपटक सबैको दिमाग रन्थनिन्छ । यो घोषणाले थुप्रै अर्थ राख्छ । राख्नु पनि पर्छ । उनले एउटा बायोग्राफी चलचित्रलाई बक्स अफिसमा चलाएनन् मात्रै आगो नै बालिदिए ।
बायोग्राफी चलचित्र संसारमै चल्दैन, तर उनले हरप्रयास गरेर चलचित्र व्यवसायिकरुपमा बजारमा चलाएर देखाए । कसैले आशासमेत नगरेको अञ्जिला चलचित्रले सबैको मन जितेकोमा उनी यो वर्षको सर्वश्रेष्ठ निर्देशक हुन् भन्दा चलचित्रकर्मीलाई भन्दा पनि आमदर्शकलाई गर्व लाग्छ । चाम्सले पुजार सार्कीको निर्देशक दिनेश राउत र १२ गाउँका निर्देशक विराज भट्टलाई पछि पार्दै वर्ष निर्देशक बनेको हुन् ।
विगत १९ वर्षदेखि निरन्तर बक्स अफिस इन्टरनेशनल ग्रुपले हरेक दिन साँझ प्रकाशित गर्दै आएको अनलाइन दैनिक पत्रीकाले यो बर्ष पनि २०८१ सालभरी रिलिज गरिएको चलचित्रहरु समेटिएर बजारमा सबैभन्दा सक्रिय, सफल पर्दा पछाडिको केही विधा र पर्दाभित्रको केही महत्वपूर्ण सक्रिय विधाहरु समेटिएर १९औं ब्लकबस्टर नेपाली फिल्म अवार्ड वर्ष समीक्षा आयोजना गरेको हो । हरेक चैत अन्तिममा पुरानो वर्षको विदाई र नयाँ वर्षलाई स्वागत गर्दै निरन्तर नेपाली चलचित्रको सबैभन्दा फ्रेस अवार्ड आयोजना गर्दै आएको अवार्ड अध्यक्ष आरके सुवेदीले बताए । नेपाली चलचित्र क्षेत्रका अग्रज निर्माता, निर्देशक पत्रकार पाँच सदस्य जुरीले तयार गरेको अवार्डको महत्वपूर्ण उत्कृष्ट ५ विधाहरु सार्वजनिक गरेको छ ।
वर्षको उत्कृष्ट पाँच चलचित्र : (क) पूर्णबहादुरको सारंगी, (ख) १२ गाउँ, (ग) छक्का पन्जा ५, (घ) बोक्सिको घर, (ङ) अन्जिला ।
वर्षको उत्कृष्ट पाँच निर्माता : (क) दिपक दीपा- छक्का पन्जा ५, (ख) विराज भट्ट-१२ गाउँ, (ग) विनोद पौडेल- पूर्णबहादुरको सारंगी, (घ) विशाल चौलागाईं- पिताम्बर, (ङ) रोहित अधिकारी- फर्की फर्की ।
वर्षको उत्कृष्ट पाँच निर्देशक : (क) दिनेश राउत- पुजार सार्की, (ख) कृषा चौलागाईं- पिताम्बर, (ग) दिपाश्री निरौला- छक्का पन्जा ५, (घ) मिलन चाम्स- अन्जिला, (ङ) सरोज पौडेल- पूर्णबहादुरको सारंगी ।
वर्षको उत्कृष्ट नवनिर्माता : (क) जनक घर्तीमगर- घरज्वाइँ, (ख) प्रेमकुमार श्रेष्ठ- अञ्जिला, (ग) विनोद पौडेल- पूर्णबहादुरको सारंगी, (घ) सस्वाशान्त कँडेल- होस्टेल ३, (ङ)सुभाष भुसाल- पुजार सार्की ।
वर्षको उत्कृष्ट अभिनेता : (क) दयाहाङ राई- अन्जिला, (ख) केदार घिमिरे- छक्का पन्जा ५, (ग) प्रदीप खडका- पुजार सार्की, (घ) सौगात मल्ल- पिताम्बर, (ङ) विपिन कार्की- कर्मा ।
वर्षको उत्कृष्ट पाँच अभिनेत्रीहरु : (क) केकी अधिकारी- बोक्सीको घर, (ख) मिरुना मगर- घरज्वाई, (ग) स्वस्तिमा खड्का- बेहुली फर मेघौली, (घ) आँचल शर्मा- दुःखी आत्मा, (ङ) अन्जला बराइली- पूर्णबहादुरको सारंगी ।
वर्षको उत्कृष्ट पाँच नव अभिनेत्री : (क) दिव्या रायमाझी- एक्टर टेक वान, (ख) अनजला बराइली- पूर्णबहादुरको सारंगी, (ग) अञ्जिला तुम्बाहाम्फे सुब्बा- अञ्जिला, (घ) युनिशा भट्टराई- १२ गाउँ, (ङ) सिमरंग पन्त- होस्टेल ३ ।
वर्षको उत्कृष्ट नवनायक : (क) कुल बोई- होस्टेल ३, (ख) समीर भट्ट- १२ गाउँ, (ग) कुमार कटेल- लाज शरणम्, (घ) कुल्सान बम्जम- रामायण, (ङ) कुन्दन भारद्वाज- देवबाणी ।
वर्षको उत्कृष्ट विशेष चलचित्र : (क) काजी सेर्पा- कार्साङ, (ख) ऋषिराज आचार्य- द्रौपती, (ग) मीनबहादुर भाम- साम्बाला, (घ) नवीन सुब्बा- गाउँ हराएको बाटो, (ङ) फिबेल देवकोटा- द रेड सुटकेस ।
पर्दा पछाडिका वर्षको उत्कृष्ट पाँच प्रोडक्सन डिजाइनर : (१) शंकर पाण्डे- बेहुली फर मेघौली, (२) क्षितिज सुवेदी- अञ्जिला, (३) प्रकाश हमाल, (४) रमेश खड्का- १२ गाउँ, (५) सुदिप ढकाल– दुःखी आत्मा ।
वर्षको आकर्षक पोस्टर डिजाइन : (१) बाह्र गाउँ, (२) पिताम्बर, (३) घरज्वाइँ, (४,) पुजार सार्की, (५) कर्मा ।
वर्षको उत्कृष्ट स्टुडियो : (१) मुभी प्वाइन्ट- १२ गाउँ, (२) बिजिबी स्टुडियो- छक्का पन्जा ५, (३) सिनेफोकोस- पिताम्बर, (४) क्लासिक स्टुडियो- दुःखी आत्मा, (५) चौतारी स्टुडियो- अञ्जिला ।
वर्षको उत्कृष्ट वितरक : (१) गोविन्द शाही- १२ गाउँ, (२) प्रचण्डमान श्रेष्ठ- पूर्णबहादुरको सारंगी, (३) मनोज राठी/उज्वल पौडेल- छक्का पन्जा ५, (४) रत्न श्रेष्ठ/रोहित कट्टेल- घर ज्वाइँ, पुजार सार्की, पिताम्बर, (५) करण श्रेष्ठ- अञ्जिला ।
वर्षको उत्कृष्ट कारोबार गर्ने पाँच सिनेमा हल (मोफसल) : (१) रोयलसिने- नेपालगन्ज, (२) जल्मा सिनेमा हल- नारायणगड, (३) डिम्याक्स- दमक, (४) मिट टाउन- पोखरा, (५) शुभकामना हल- बनेपा ।
वर्षको उत्कृष्ट कारोबार गर्ने राजधानीको सिनेमा हल : (१) केएल टावर- बौद्ध, (२) सिभिल मल- सुन्धारा, (३) लबिङ मल- ललितपुर, (४) बिग सिनेमा- कमल पोखरी, (५) अस्टनारायण हल- बालाजु ।
प्रकाशित समय २०:२४ बजे




















