1100×100 Nabil Advert

‘गरिमा समृद्धि योजना’को सार्वजनिक निष्काशन तथा बिक्री सम्पन्न

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड कोष प्रवर्द्धक तथा गरिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको सामूहिक लगानी कोष गरिमा म्युचूअल फण्डअन्तर्गत पहिलो बन्दमुखी योजनाको एक अर्ब बराबरको ‘गरिमा समृद्धि योजना’को निष्काशन तथा बिक्री चार दिनमै नै सम्पन्न भएको छ ।

 

गरिमा समृद्धि योजनाको बीज पूँजीसहित प्रति इकाई अंकित मूल्य १० रुपैयाँको दरको १० करोड इकाइहरू पौष ७ गतेदेखि ११ गतेसम्मका लागि सार्वजनिक निष्काशन खुल्ला गरिएकोमा उक्त अवधिभर रितपूर्वक माग भन्दा बढी रकमको लागि आवेदन पर्न आएकाले सार्वजनिक निष्काशन तथा बिक्री कार्य पौष ११ गतेदेखि लागू हुने गरी बन्द गरिएको गरिमा क्यापिटल लिमिटेडले जनाएको छ ।

प्रकाशित समय १९:०४ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु