1100×100 Nabil Advert

नेपाल एसबिआई बैंक र रेडिसन होटेलबीच सम्झौता

काठमाडौं । नेपाल एसबिआई बैंक र रेडिसन होटेल काठमाडौंबीच बैंकका सम्पुर्ण डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरुलाई लक्षित गरी खाध्य तथा पेय पदार्थमा १५ प्रतिशत सम्म छुट दिने सम्झौता भएको छ । उक्त सम्झौतापत्र बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत, दीपक कुमार देको उपस्थितिमा बैंकका प्रमुख संचालन अधिकृत, विकास आनन्द र रेडिसन होटेल काठमाडौंका निर्देशक खाद्य तथा पेय पदार्थ, केदार पाण्डेले आदानप्रदान गरेका थिए ।

उक्त कार्यक्रममा बैंकका प्रमुख व्यवसाय प्रवद्र्धन अधिकृत, रितेश अर्याल र बैंक तथा होटेलका अन्य वरिष्ठ पदाधिकारीहरु समेतको उपस्थिति रहेको थियो । हाल बैंकले १०० शाखा, २२ एक्सटेन्सन काउण्टर, ७ प्रदेश कार्यालय, १९ शाखारहित बैंकिङ सेवा, १२१ एटीएम र १ कर्पोरेट कार्यालय मार्फत सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित समय १७:४५ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु