1100×100 Nabil Advert

नेपाल एसबिआई बैंक र आगन्तुक रिसोर्ट प्रालि धुलिखेलबीच सम्झौता

काठमाडौं । नेपाल एसबिआई बैंक र आगन्तुक रिसोर्ट प्रालि, धुलिखेल बीच बैंकका सम्पुर्ण डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरुलाई लक्षित गरी आवास सुविधामा १५ प्रतिशत र खाद्य तथा पेय पदार्थमा १० प्रतिशतसम्म छुट दिने सम्झौता भएको छ ।

उक्त सम्झौतापत्र बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार देको उपस्थितिमा बैंकका नायब प्रमुख कार्यकारी अधिकारी अधिकृत तथा प्रमुख वित्तिय अधिकृत राजेश पंडा र आगन्तुक रिसोर्ट प्रालिका वरिष्ठ प्रबन्धक (बजार तथा बिक्रि) श्रीमती सरस्वति गुरुङले हस्ताक्षर गरेका थिए । उक्त कार्यक्रममा बैंकका प्रमुख संचालन अधिकृत, यादवेंद्र कांत, सल्लाहकार, छपिराज पंत, प्रमुख व्यवसाय प्रर्वद्धन अधिकृत रितेश अर्याल र बैंक तथा रिसोर्टका अन्य वरिष्ठ पदाधिकारीहरु समेतको उपस्थिति रहेको थियो ।

हाल बैंकले १०० शाखा, २२ एक्सटेन्सन काउण्टर, ७ प्रदेश कार्यालय, १९ शाखारहित बैंकिङ सेवा, १२१ एटीएम र १ कर्पोरेट कार्यालय मार्फत सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित समय २०:५३ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु