1100×100 Nabil Advert

डेढ दशकपछि बेनी-भकिम्ली सडक स्तरोन्नति

म्याग्दी । डेढ दशकपछि म्याग्दीको बेनी-भकिम्ली सडक स्तरोन्नति थालिएको छ । उक्त सडकले बेनी नगरपालिका-२, ३, ४ र मङ्गला गाउँपालिका-३ र ४ वडालाई सदरमुकाम बेनी बजारसँग जोड्छ । गण्डकी प्रदेश सरकारको बजेटमा पूर्वाधार विकास कार्यालय म्याग्दीले ठेक्कामार्फत बेनी-२ को बगरफाँटबाट दूधेखोला-हल्लेगौडा-डोले-मुसुङ जोड्ने सडक ग्राभेल र ढलान गर्ने योजना कार्यान्वयन गरेको हो । गत जेठ २९ गते रु पाँच करोड ५९ लाखमा ठेक्का सम्झौता गरेको माछापुच्छ्रे-हिमालयन जेभी कार्यक्षेत्रमा परिचालित भएको पूर्वाधार विकास कार्यालयका सवइन्जिनियर रविन चोखालले जानकारी दिनुभयो । यसको लागत सात करोड ७२ लाख रहेको छ ।

आगामी १८ महिनामा बगरफाँटबाट दूधेखोलासम्मको तीन किलोमिटर सडक ग्राभेल र दूधेखोलाबाट भकिम्लीतर्फ तीन सय ९० मिटर सडक ढलान गरिने छ । सडक सात मिटर चौडा बनाइने छ । विसं २०६५ मा सडक निर्माण गरिएको हो । उक्त सडक हाल चार मिटर चौडा छ । गण्डकी प्रदेश सरकारद्वारा चालु आवमा दुई करोड बजेट विनियोजन गरिएको उक्त सडकलाई बहुवर्षीय ठेक्का लगाउन १० करोड बजेटको स्रोत सुनिश्चितता गरिएको सवइन्जिनियर चोखालले बताउनुभयो । विसं २०७६ मा सुरु भएको रघुगङ्गा गाउँपालिकाको पिप्ले-भगवती सडक यस वर्ष निर्माण सम्पन्न भएको छ । अन्नपूर्ण गाउँपालिकाको चित्रेबाट पर्यटकीयस्थल घोडेपानी जोड्ने सडक स्तरोन्नतिको तयारी छ ।

प्रकाशित समय ११:२३ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु