1100×100 Nabil Advert

महासचिव गुटेरेससँग परराष्ट्र सचिव सेवा लम्सालको के भयो कुराकानी ?

न्यूयोर्क । परराष्ट्रसचिव सेवा लम्सालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटघाट गर्नुभएको छ । भेटका अवसरमा नेपाल र राष्ट्र संघको बीचमा सहकार्य, नेपालले अल्पविकसित देशबाट स्तरोन्नति भई मध्यमस्तरको विकासशील देशमा जाने योजना, राष्ट्र संघले नेपालको विकासमा खेलेको भूमिकालगायतका विषयमा छलफल भएको न्यूयोर्कस्थित स्थायी नियोगले जनाएको छ ।

भेटका अवसरमा उहाँहरुबीच जलवायु परिवर्तनलगायत बहुपक्षीय चासोका विषयमा छलफल भएको बताइएको छ । सचिव लम्सालले वरमुडामा आयोजित चौथो अन्तर्राष्ट्रिय विकासशील साना टापु राष्ट्रहरूको सम्मेलनमा नेपालको तर्फबाट भाग लिन यहाँ आउनुभएको छ । सोही सम्मेलनको साइड लाइन बैठकमा सचिव लम्सालले महासचिव गुटेरेससँग शिष्टाचार भेट गर्नुभएको हो ।

प्रकाशित समय १०:३० बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु