MoBank GIF (1200×120)_New
Nabil add_1100x100
GIBL 1000 x 100

एनएमबि बैंकले सम्पन्न गर्‍यो एघारौं हेरिटेज वाक

वैशाख । एनएमबि बैंकले एघारौं हेरिटेज वाक कार्यक्रम सम्पन्न गरेको छ । आज बैंकको बल्खु शाखाबाट शुरु गरी किर्तिपुरमा अवस्थित उमा महेश्वर मन्दिर परिसरसम्मको पैदल यात्रा गरी एघारौं हेरिटेज वाक कार्यक्रम सम्पन्न गरिएको हो । एनएमबि बैंकले ‘हाम्रा सम्पदा हुन खुला संग्रहालय, इतिहास र संस्कृतिका महाविद्यालय’ भन्ने मूल नाराको साथ मुलुकको ऐतिहासिक तथा सामाजिक रुपान्तरणको लागि साँस्कृतिक सम्पदा प्रवर्द्धन र साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले उक्त कार्यक्रम सम्पन्न गरेको हो ।

बैंकले नेपाल हेरिटेज सोसाइटीको सहकार्यमा, एनएमबि बैंकका अध्यक्ष मनोजकुमार गोयल, संचालक जीवनकुमार कट्वाल, उत्तम भ्लोन, हरिश्चन्द्र सुवेदी, शिरिषकुमार मुरारका, बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी, किर्तिपुर नगरपालिकाका प्रतिनिधिहरु, बैंकका कर्मचारीलगायत सर्वसाधारण गरी लगभग ७ सय ५० जनाको सहभागितामा उक्त कार्यक्रम सम्पन्न गरेको हो । उक्त कार्यक्रममा प्रमुख अतिथिका रुपमा बाग्मती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारीमन्त्री शैलेन्द्रमान बज्राचार्यको उपस्थिति थियो । उक्त कार्यक्रममा एनएमबि बैंकद्वारा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सम्पदा संरक्षणको लागि नेपाल हेरिटेज सोसाईटीलाई पाँच लाखको सहयोगका साथै किर्तिपुर नगरपालिकालाई डस्टविनहरु समेत हस्तान्तरण गरिएको थियो ।

बैंकले प्रदेश नं. १ मा इटहरी चोकदेखि रामधुनी मन्दिरसम्म, मधेश प्रदेशमा जनकपुर शाखादेखि राम मन्दिर, चितवनमा भरतपुर शाखादेखि गणेशधाम, गण्डकी प्रदेशमा जिरो किलोमिटर शाखादेखि तालबाराही मन्दिरसम्म, लुम्बिनी प्रदेशमा गोल पार्कदेखि सिद्धबाबा मन्दिरसम्म र कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सुर्खेत शाखादेखि काक्रेबिहार मन्दिरसम्म, महेन्द्रनगर शाखादेखि सिद्धनाथ मन्दिरसम्म र धनगढी शाखादेखि कृष्ण मन्दिरसम्म एकैसाथ एघारौं हेरिटेज वाक कार्यक्रम सम्पन्न गरेको छ ।

एनएमबि बैंक विगत २७ वर्षदेखि अनवरतरुपमा बैकिङ सेवा प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजत पत्र प्राप्त एक अग्रणी वित्तीय संस्था हो । एनएमबि बैंक द फाइनान्सियल टाइम्स लन्डनको ‘द ब्यान्कर’ पत्रिकाबाट एसियाकै सर्वाेत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ द ईयर एसिया २०२१’ अवार्डबाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले सन् २०१७, २०१८, २०२० र २०२१ मा पनि नेपालकै उत्कृष्ट बैंकको सम्मान ‘बैंक अफ द इयर नेपाल’ प्राप्त गरिसकेको छ । एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १८६ एटीएमहरू, ११ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय बैकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित समय १७:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु