MoBank GIF (1200×120)_New
Nabil add_1100x100
GIBL 1000 x 100

प्रमुख प्रशासकीय अधिकृत अर्याल सम्मानित

काठमाडौँ । चन्द्रागिरि नगरपालिकाको ऐतिहासिक, धार्मिक एवं सांस्कृतिकस्थल संरक्षणमा अतुलनीय योगदान दिएबापत प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्याल सम्मानित हुनुभएको छ । चन्द्रागिरि-२ कोइरालाथोकमा जारी ऐतिहासिक (चण्डिका देवी) श्रीमद्देवी भागत ज्ञान विराट ज्ञान महायज्ञ तथा धार्मिक महोत्सवमा उहाँ सम्मानित हुनुभएको हो ।

महोत्सव मूल समारोह समितिका संयोजक राजेन्द्र कोइराला, उपसंयोजक मधुकर बस्नेत तथा महायज्ञको मूल वाचक पण्डित विजय सिग्देलले प्रमुख प्रशासकीय अधिकृत अर्याललाई दोसल्ला ओढाइ सम्मान गर्नुभएको थियो । सो अवसरमा सम्मानित व्यक्तित्व अर्यालले धर्म र कर्मको संयोजनबाट नै सुसभ्य समाज निर्माण हुने बताउनुभयो । चण्डिका देवी मन्दिर निर्माण तथा सो क्षेत्रको धार्मिक विकास गर्न कोष स्थापना गर्ने ध्येयले सो महायज्ञ लगाइएको संयोजक कोइरालाले जानकारी दिनुभयो ।

प्रकाशित समय १९:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु