नेपाल चेम्बर अफ कमर्सको अध्यक्ष बने अग्रवाल
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको अध्यक्षमा कमलेश अग्रवाल निर्विरोध निर्वाचित भएका छन् । चेम्बरको ७३औं वार्षिक साधारण सभाबाट अग्रवाल अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । यसअघि वरिष्ठ उपाध्यक्षको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेका सफल व्यवसायी हुन् ।
चेम्बरको नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा दीपककुमार मल्होत्रासमेत निर्विरोध निर्वाचित भएका छन् । वाणिज्यतर्फको उपाध्यक्षमा उर्मिला श्रेष्ठ, उद्योगतर्फको उपाध्यक्षमा दिपक श्रेष्ठ, वस्तुगत संघतर्फको उपाध्यक्षमा सुरेन्द्रकुमार श्रेष्ठ, द्विराष्ट्रिय उपाध्यक्षमा नीलकण्ठ चौलागाई र जिल्लातर्फको उपाध्यक्षमा सन्तोषकुमार पाण्डेसमेत निर्विरोध निर्वाचित भए । साधारण सभाबाट अर्जुनप्रसाद शर्मालाई मानार्थ उपाध्यक्ष चयन गरिएको छ । कूल ७६ सदस्यीय चेम्बरको कार्यसमितिमा मनोनितबाहेक ५५ जना केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका छन् ।
प्रकाशित समय १८:५७ बजे




















