1100×100 Nabil Advert

सलिकोका अध्यक्ष मनोहर दास मूलले लिए शपथ

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको) लिमिटेडका अध्यक्ष मनोहर दास मूलले शपथ लिएका छन् । मूललाई २०८० साल चैत्र २७ गते मंगलबार सम्पन्न साधारण सभाबाट निर्वाचित सञ्चालक समितिको बैठकले कम्पनीको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो । सोही बमोजिम आज नवनियुक्त अध्यक्ष मूलले नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल समक्ष शपथग्रहण गरेका हुन् ।

शपथग्रहण समारोहमा प्राधिकरणका तर्फबाट निर्देशक पुजन ढुंगेल अधिकारी एवं कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित समय २०:०० बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु