1100×100 Nabil Advert

सुजुकीले ल्यायो ‘नयाँ बर्ष २०८१ क्यास पाउँ एक्कासी’ योजना

काठमाडौं । सुजुकी मोटरसाईकल तथा स्कुटरको नेपालको लागि आधिकारिक आयतकर्ता तथा बिक्रेता भि.जि. अटोमोबाइल्स प्रालिले ग्राहकहरुलाई मध्यनजर गर्दै आफ्नो उत्कृष्ट मोटरसाइकल तथा स्कुटरको खरिदमा नयाँ वर्षमा ‘नयाँ बर्ष २०८१ क्यास पाउँ एक्कासी’ योजना ल्याएको छ ।

यस वर्ष सुजुकीले ल्याएको नयाँ वर्ष २०८१ क्यास पाउँ एक्कासी योजना अन्र्तगत ग्राहकहरुले प्रत्येक सुजुकी मोटरसाइकल तथा स्कुटरको खरिदमा पाउनुहुनेछ १० हजार नगद छुट साथै थप स्क्य्राच कार्डमार्फत नगद छुट १ लाखसम्म क्यास एक्कासी वा कुनै पनि पुराना मोटरसाइकल तथा स्कुटर सँग नयाँ सुजुकी एक्सचेन्ज गर्दा बजार प्रचलित मूल्यांकनभन्दा थप मोटरसाइकलमा १५ हजार र स्कूटरमा २० हजार प्राप्त गर्न सक्नेछन वा फाइनान्समा ० प्रतिशत ब्याजदरमध्ये जुन ठीक लाग्छ, त्यो ग्राहकहरुले छनोट गर्न सक्ने कम्पनीले जनाएको छ ।

सुजुकीका कुनै पनि मोटरसाइकल वा स्कूटरको खरिदमा कम्पनीले ५ वर्षको इन्जिन वारेण्टीका साथै २० वटा सर्भिस कुपनको सुविधा पनि थप उपलब्ध हुने जनाएको छ । बहुराष्ट्रिय कम्पनी सुजुकीले सन् १९५० देखि नै सुजुकीको मोटरसाइकल उत्पादन गर्दै आइरहेको छ । सुजुकीको मोटरसाइकल आफ्नो जापानिज टेक्नोलोजी, गुणस्तरीय निर्माण र वस्तुको मोडेल अनुसारको उत्पादनका लागि ख्याती प्राप्त छ । यो योजना जेठ १८, २०८१ साल सम्म लागू हुने कम्पनीले जनाएको छ ।

प्रकाशित समय ०९:१९ बजे

GIBL Advert 200x200_1
Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु