MoBank GIF (1200×120)_New
Nabil add_1100x100
GIBL 1000 x 100

गरिमा विकास बैंकको सिइओमा उपाध्याय नियुक्त

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा माधवप्रसाद उपाध्याय नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको बैठकले गरिमा विकास बैंकमा नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत माधवप्रसाद उपाध्यायलाई आगामी २०८१ वैशाख १ गतेदेखि लागू हुने गरी ४ वर्षकोे लागि सिइओमा नियुक्त गरेको हो । व्यवस्थापनमा स्नातकोत्तर गरेका उपाध्याय गरिमा विकास बैंकमा संस्थापना कालदेखि कार्यरत रहेका छन् । विगत १५ वर्षदेखि कम्पनी सचिवको रुपमा र विगत ११ वर्षदेखि नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत रहेका उपाध्यक्ष बैकिङ क्षेत्रमा प्रवेश गर्नुपूर्व करिब डेढ दशक अध्यापन-प्राध्यापन पेशामा संलग्न थिए ।

गरिमा विकास बैंकमा विगत १५ वर्षदेखि निरन्तर प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका गोविन्द प्रसाद ढकालको कार्यकाल २०८० चैत्र मसान्तमा समाप्त हुने भएसँगै २०८१ वैशाख १ गतेदेखि रिक्त हुने प्रमुख कार्यकारी अधिकृत पदमा नायब प्रमुख कार्यकारी अधिकृत उपाध्यायलाई सञ्चालक समितिले प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्ने निर्णय गरेको हो । सोही बैठकले विकास बैंकमा कार्यरत सहायक प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मीलाई चैत्र १५ गतेदेखि लागू हुने गरी विकास बैंकको कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय समेत गरेको छ ।

प्रकाशित समय ११:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु