MoBank GIF (1200×120)_New
Nabil add_1100x100
GIBL 1000 x 100

जीवी राईलाई नियन्त्रणका लागि सरकारले पूरै शक्ति परिचालन गरेको छ : गृहमन्त्री लामिछाने

चितवन । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले देशभरी सहकारीमा देखिएको समस्या समाधानका लागि सरकार लागेको बताउनुभएको छ । सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उहाँले सहकारीपीडितसँग सरकारले वार्तामार्फत् समस्या समाधानको प्रयास गरेको बताउनुभयो । उहाँले भन्नुभयो- ‘सरकारी वार्ता टोली र सहकारीपीडितको वार्तामा सहमति भएको छ । सहमति कार्यान्वयनमा आउँछ ।’ देशभरिका सहकारीपीडितको समस्या समाधान गरिने उहाँको भनाइ थियो । सहकारीको पैसा अपचलन गर्नेहरुको सम्पत्ति खोजेर भए पनि बचतकर्ताको पैसा फिर्ता गर्ने उहाँले बताउनुभयो ।

गृहमन्त्री लामिछानेले बचतकर्ताको रकम फिर्ता गर्नका लागि सम्बन्धित दोषीहरुको सम्पत्ति ल्याएर भए पनि उपलब्ध गराउने बताउनुभयो । सहकारीको पैसा अपचलन गरेर फरार रहेका जीवि राईलाई नियन्त्रणका लागि सरकारले पूरै शक्ति परिचालन गरेको उहाँले बताउनुभयो । सरकारले गरेका अनुसन्धान र अध्ययनका कुरा पहिले नै सार्वजनिक गर्न नहुने भन्दै उहाँले राई छिट्टै पक्राउ पर्ने विश्वास व्यक्त गर्नुभयो ।

सरकारले गरेका कामको नतिजा पूर्णरुपमा आउने उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, ‘काहीं कतै कसैलाई कानूनले जे भन्छ त्यही गर्ने हो । निर्दोष नफसोस् दोषी नउकिम्योस् भन्ने प्रधानमन्त्रीको निर्देशन छ । त्यहीअनुसार काम हुन्छ ।’ प्रक्रियामा केही जटिलता भए पनि नतिजा आउने गरी काम गर्ने उहाँले बताउनुभयो ।

फरक प्रसंगमा बोल्दै उहाँले चेपाङ समुदायका लागि राज्यको उपस्थिति हुनेगरी सरकारले काम गर्ने बताउनुभयो । विज्ञहरु र सरोकारवाला प्रतिनिधिसँगको छलफलबाट यसवर्ष बजेटमै राखेर काम गर्न लागिएको उहाँले बताउनुभयो । जनताको दुःखमा राज्य पुग्नुपर्ने उहाँको भनाइ थियो ।

प्रकाशित समय ११:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु