1100×100 Nabil Advert

उपप्रधानमन्त्री श्रेष्ठसँग अमेरिकी राजदूत थम्प्सनकाे भेटवार्ता

काठमाडौ । नवनियुक्त उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन थम्प्सनले भेटवार्ता गर्नुभएको छ ।

मन्त्रालयमा आज भएको भेटवार्तामा उहाँहरुबीच द्विपक्षीय आपसी हितका विविध विषयमा कुराकानी भएको मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले जानकारी दिनुभयो । भेटमा अमेरिकी सहयोगमा नेपालमा सञ्चालित विकास परियोजना समयमै सम्पन्न गर्नेलगायत विषयमा छलफल भएको थियो ।

सो अवसरमा उपप्रधानमन्त्री श्रेष्ठले नेपालमा लगानीमैत्री वातावरण भएको उल्लेख गर्दै आगामी वैशाखमा हुन लागेको लगानी सम्मेलनमा अमेरिकी लगानी भित्र्याउनका लागि आग्रह गर्नुभयो । साथै राजदूत थम्सनले उपप्रधानमन्त्री श्रेष्ठलाई बधाई तथा शुभकामना दिनुभएको थियोे ।

प्रकाशित समय १६:४२ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु