1100×100 Nabil Advert

सरकारको प्रवक्तामा मन्त्री शर्मालाई निरन्तरता

काठमाडौं । सरकारले सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई नेपाल सरकारको प्रवक्तामा निरन्तरता दिने भएको छ । बिहीबार सिंहदरबारमा बसेको नवगठित मन्त्रिपरिषदको बैठकले मन्त्री रेखा शर्मालाई नेपाल सरकारको प्रवक्ता तोक्ने निर्णय गरेको हो ।

साथै संयुक्त राष्ट्रसंघको कमिसन अन द स्ट्याटस अफ वमेन (सीएसडब्लु) को ६८ औं सत्रमा भाग लिन महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्रीलाई स्वीकृति दिने पनि निर्णय भएको प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

उनले भनिन्,‘संयुक्त राष्ट्रसंघको कमिसन अन द स्ट्याटस अफ वमेन (सीएसडब्लु)को ६८ औं सत्रमा भाग लिन माननीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीलाई स्वीकृति दिने ।’

प्रकाशित समय १२:२५ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु