1100×100 Nabil Advert

नदीजन्य पदार्थबाट करोडौँ राजस्व सङ्कलन हुँदै

राँझा (बाँके) । बाँकेको राप्ती सोनारी गाउँपालिकाले नदीजन्य पदार्थबाट चालू आर्थिक वर्षमा रु आठ करोड बढी राजस्व सङ्कलन गर्ने भएको छ ।

यस वर्ष नदीजन्य पदार्थ उत्खननका लागि समयमै बोलपत्र आह्वान गरी रु आठ करोड ६७ लाख ९६ हजार नौ सयमा ठेक्का सम्झौता भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटाले जानकारी दिनुभयो । “विगतका वर्षमा नदीजन्य पदार्थको ठेक्का नलाग्दा राजस्व सङ्कलनमा कमी भए पनि गत आर्थिक वर्षदेखि ठेक्का प्रक्रियाबाट राजस्व सङ्कलन हुँदै आएको छ”, देवकोटाले भन्नुभयो, “यस आर्थिक वर्षमा राप्ती सोनारी गाउँपालिकाअन्तर्गत पर्ने विभिन्न पाँच घाटको नदीजन्य पदार्थको एकमुष्ट ठेक्का लगाएका छाँै ।”

नवलपरासीको सरवल गाउँपालिका-१ स्थित चुर कन्स्ट्रक्सन एन्ड ढकाल सप्लायर्सले पाँचवटै घाटको नदीजन्य पदार्थको एकमुष्ट ठेक्का सम्झौता गरेको उहाँले जानकारी दिनुभयो । गाउँपालिका-२, ४, ५, ६ र ९ मा पर्ने बग्दैलाघाट, सिधनियाघाट, आलिनगरी, खल्लाटपरी घाट र जलालाघाटको ठेक्का सम्झौता भएको हो ।

नदीजन्य पदार्थको समयमै ठेक्का सम्झौता भएकाले चोरी-निकासीको समस्या कमी भएको गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले बताउनुभयो । विगतमा नदीजन्य पदार्थको चोरी–निकासी रोक्न जनप्रतिनिधिसहितको टोलीले क्रसर उद्योग र घाटगद्दीको निरीक्षण, अनुगमन गर्ने कार्य गरेको उल्लेख गर्दै उहाँले गाउँपालिका क्षेत्रमा भएका प्राकृतिक स्रोतको अधिकतम उपयोग गरी गाउँपालिकालाई समृद्ध गर्नतर्फ आफू अग्रसर भएको बताउनुभयो ।

प्रकाशित समय १६:५७ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु